News Portal

नेपाल–भारतबीच रेलमार्गमा सहकार्यबारे वार्ता

हिमालीसंचार संवाददाता
४५२ पटक

काठमाडौं – रेलमार्ग सहकार्यसम्बन्धि नेपाल–भारत संयुक्त कार्यदलको चौथो बैठक भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ। भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा.मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए।

नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव गोपालप्रसाद सिग्देलले गरेका थिए। बैठकमा भारतको तर्फबाट भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास, कोंकण रेलवे तथा आईकोनका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो।

नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेलवे कम्पनीका महाप्रबन्धकलगायत नेपाल सरकार गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुको समीक्षा गरेको छ। यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षले छलफल गरेको हो।

बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवालाई सुचारु गर्नका निमित्त आवश्यक पर्ने ‘एडीपी’बारे पनि चर्चा भएको छ। तत्कालीन ब्रिटिश इन्डियाले न्यारो गेजको रुपमा निर्माण गरेको उक्त रेलमार्ग खण्डलाई भारु. ३८० करोडभन्दा बढी लागतमा भारत सरकारले ब्रोड गेजमा स्तरोन्नति गरेको हो।

रेलवे लिङ्कमा सेवा सञ्चालन गर्न नेपाल सरकारले भारतबाट दुईवटा डेमु रेल सेट खरिद गरेको छ। हाल भारत सरकारले भारु. २ सय करोडमा निर्माण गरिरहेको कुर्थादेखि बिजलापुरसम्मको बाँकी खण्डको निर्माण सम्पन्न गर्न दुवै पक्षले आवश्यक आपसी सहयोग तथा समन्वय बारे छलफल गरेका थिए।

भारु. ३ सय ७४ करोड अनुदान सहयोगअन्तर्गत भारतको जोगवनी र नेपालको विराटनगरबीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तीव्र रुपमा काम अघि बढाउन दुवै पक्षले सहमति जनाएका छन्।

रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकताअनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन संयुक्त कार्यदलका अध्यक्षद्वयले रेलवे क्षेत्रमा सहकार्य विस्तार गर्न सहमति जनाएका छन्। दुवै पक्षले रेलवे क्षेत्रमा सहकार्यलाई सुदृढ पार्न हेतु आपसी सहयोगलाई निरन्तरता दिन सहमत भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २१ गरेको राशिफल

आज पुष २१, २०८२ (जनवरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा विदेशीका लागि नयाँ आवासीय कानून लागू, तलब सीमा र भिसा सर्त कडा

कुवेत सिटी – कुवेत सरकारले लागू गरेको नयाँ विदेशी आवासीय कानूनअन्तर्गत कामदार, विद्यार्थी, लगानीकर्ता तथा...

माग पूरा नभए वार्ता तोड्ने चेतावनी : दुर्गा प्रसाईं

काठमाडौँ, पुष २० – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

कुवेतमा तमु प्ये ल्हु संघद्वारा तमु ल्होसार जनवरी ९ भब्य रूपमा मनाइने

कुवेत – तमु प्ये ल्हु संघ, कुवेतले यसपाली पनि तमुहरुको महान चाड “तमु ल्होसार (सप्हृी)”...

केन्द्रीय समिति बैठकअघि रास्वपाको सचिवालय बैठक

काठमाडौँ, पुष २० — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकको तयारीस्वरूप सचिवालय बैठक सञ्चालन गरेको...