News Portal

नेपाल–भारतबीच रेलमार्गमा सहकार्यबारे वार्ता

हिमालीसंचार संवाददाता
५१३ पटक

काठमाडौं – रेलमार्ग सहकार्यसम्बन्धि नेपाल–भारत संयुक्त कार्यदलको चौथो बैठक भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ। भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा.मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए।

नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव गोपालप्रसाद सिग्देलले गरेका थिए। बैठकमा भारतको तर्फबाट भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास, कोंकण रेलवे तथा आईकोनका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो।

नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेलवे कम्पनीका महाप्रबन्धकलगायत नेपाल सरकार गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुको समीक्षा गरेको छ। यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षले छलफल गरेको हो।

बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवालाई सुचारु गर्नका निमित्त आवश्यक पर्ने ‘एडीपी’बारे पनि चर्चा भएको छ। तत्कालीन ब्रिटिश इन्डियाले न्यारो गेजको रुपमा निर्माण गरेको उक्त रेलमार्ग खण्डलाई भारु. ३८० करोडभन्दा बढी लागतमा भारत सरकारले ब्रोड गेजमा स्तरोन्नति गरेको हो।

रेलवे लिङ्कमा सेवा सञ्चालन गर्न नेपाल सरकारले भारतबाट दुईवटा डेमु रेल सेट खरिद गरेको छ। हाल भारत सरकारले भारु. २ सय करोडमा निर्माण गरिरहेको कुर्थादेखि बिजलापुरसम्मको बाँकी खण्डको निर्माण सम्पन्न गर्न दुवै पक्षले आवश्यक आपसी सहयोग तथा समन्वय बारे छलफल गरेका थिए।

भारु. ३ सय ७४ करोड अनुदान सहयोगअन्तर्गत भारतको जोगवनी र नेपालको विराटनगरबीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तीव्र रुपमा काम अघि बढाउन दुवै पक्षले सहमति जनाएका छन्।

रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकताअनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन संयुक्त कार्यदलका अध्यक्षद्वयले रेलवे क्षेत्रमा सहकार्य विस्तार गर्न सहमति जनाएका छन्। दुवै पक्षले रेलवे क्षेत्रमा सहकार्यलाई सुदृढ पार्न हेतु आपसी सहयोगलाई निरन्तरता दिन सहमत भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...