News Portal

सचिवालय बैठक १ बजे बालुवाटारमा त्यसपछि मन्त्रिपरिषद्को बैठक २ बजे बस्ने

हिमालीसंचार संवाददाता
४५६ पटक

काठमाण्डौ – बुधवार दिउँसो १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको छ । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बताएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक डाकेका थिए । सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक बस्दा बाहिर गलत सन्देश जाने आफूनिकट नेताहरुको सुझावपछि प्रधानमन्त्री ओलीले बैठक सारेको बताइएको छ ।

यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिकाअनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार दिउँसो एक बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिएका हुन् । सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए।

अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अध्यक्ष दाहालकहाँ पुगेका थिए । दहालले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेपछि पौडेल फर्किएका थिए । त्यसपछि साँझ बालुवाटारमा ओलीले आफू निकट नेताहरुसँग सघन संवाद पनि गरेका थिए । रासस

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...