News Portal

  • सूर्य थापा भन्छन्- प्रचण्डको प्रस्ताव अराजनीतिक हो, फिर्ता नगरे नेकपाको कुनै तहको बैठक हुँदैन

    हिमालीसंचार संवाददाता
    ३४८ पटक

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लहकार सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेस गरेको प्रस्ताव फिर्ता गर्नुपर्ने बताएका छन। उनले (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई शुक्रबारको सचिवालयमा बुझाएको राजजीतिक प्रतिबेदन फिर्ता नगरे पार्टीको कुनै पनि तहको बैठक बस्न नसक्ने बताएका हून।

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच पत्र जुहारी चलेकाबेला अन्य नेताहरुले पनि आफ्नो पक्षका अध्यक्षहरुको पक्षमा सघाउ पुग्नेगरी तर्क गरिरहेका छन्। यसअघि लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने भन्दै बिरोध जनाएका थिए।

    त्यस्तैगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले पनि प्रचण्डको प्रस्तावमा उल्लेखित कुराहरु एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताएका छन।

    त्यस्तै सो प्रस्तावलाई उनले लाञ्छनाको संज्ञा दिँदै पत्रमाथि पार्टी कमिटीहरूमा छलफल हुन नसक्ने बताए। पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समितिको बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन भएको उनले बताएका छन। थापाले सो प्रस्ताबलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल हुन नसक्ने बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...

    देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

    काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि...

    प्रचण्डको प्रश्न : समान मुद्दा उठाउँदा पनि आगजनी किन ?

    काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको...