News Portal

बादल विरुद्ध गर्जिए गगन : सोच र क्षमतामा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र?

हिमाली संचार संवाददाता
७७९ पटक

काठमाडौ– वक पटुतापूर्ण नेता मानिएका नेपाली काँग्रेसका साँसद गगन थापाले आज गृहमन्त्री रामबहादुर थापा(बादल) विरुद्ध यस्तै अभिव्यक्ति दिएका छन्।

गृहमन्त्री रामबहादुर थापाको कार्यक्षमता नै नभएको आरोप लगाउँदै गगनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापा(रामबहादुर)गृहमन्त्रीका रुपमा रहनुको औचित्य नै नरहेको आरोप लगाए।

सुन तस्करमाथिको कारवाहीको सिथिलता, ठेकेदारमाथि कारवाहीलगायत कञ्चनपुरकी निर्मला पन्तको अपराधी पहिचानमा असफता पाएको सन्दर्भमा गृहमन्त्रीे लाई असक्षम भन्दै यस्तो गृहमन्त्री आवश्यक नरहेको जीकिर गरे । शुन्य समयमा पाएको १ मिनेटमध्ये ५२ सेकेन्ड अभिव्यक्ति दिएका गगन थापाले यसो भने

‘ठूलामाछा पक्रनु भएन हामी बोलेनौ, कामचोर व्यवसायीलाई कानुन नबनाई पक्रनु भयो, छाडनुभयो हामी बोलेनौ, डा. भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनु भयो हामी बोलेनौ,लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार राजु बस्नेत र सम्भु श्रेष्ठलाई प्रहरी लगाउनु भयोे हामी बोलेनौ हामीलाई लाग्यो गृहमन्त्री बादत मान्छे त ठिकै हो क्षमतामा मात्र केही बादल लागेको हो।’

‘तर हिजो हामी बोल्यौ अनि मन्त्री ज्यु पनि बोल्नु भयो, अनि थाहा पायौ, युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने गरी आफ्नै हिरासतमा राममनोहर यादव मारिँदा अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीहरूलाई आफ्नै संयन्त्रहरू जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ। सभामूख महोदय, सोच र क्षमता दुवै बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र?’

नागरिकबाट

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...