News Portal

  • रामेछाप काठमाडौ सिर्जनसिल समाजद्वारा एकल तथा विपन्न महिलालाई खाद्यान्न वितरण

    हिमालीसंचार संवाददाता
    ५७२ पटक

    रामेछाप – “रामेछाप काठमाडौं सिर्जनसिल समाज” नामक संस्थाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय सिक्राकाे सभा हलमा “एकल महिला तथा विपन्न” १६ जना महिलाहरुलाई चाडपर्व विशेष खाद्यान्न सामग्री वितरण गरेको छ।

    “सामाजिक एकता प्रवर्द्धन गर्दै सुशासनयुक्त समृद्ध समाज निर्माण गराैँ, एकताबद्ध उन्नत प्रयासद्वारा सामाजिक सेवा र मानवीय हित अभिवृद्धि गराैँ” भन्ने मुल नाराका साथ २०७३ साल कात्तिक १३ गते रामेछाप स्थायी घर भई विभिन्न सिलसिलामा जिल्ला बाहिर रहेका युवाहरुकाे आैपचारिक भेलाबाट गठन भएको यो संस्थाले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र यस वर्ष पनि काेराेना भाइरस (काेभिड -१९)लाई मध्यनजर गर्दै वृहत् कार्यक्रम गर्न नसकेपनि एकल तथा विपन्न महिलाहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको संस्थाका संयोजक कृष्णहरी बुढाथोकीले जानकारी दिए।

    सिर्जनसिल समाजले गरेको खाद्यान्न वितरण सहयोग कार्यक्रममा प्रति व्यक्ति ३० केजी चामल (१ बाेरा),१ केजी नुन, १ केजी चिनी, १ केजी दाल र १ लिटर तेल रहेको थियोे।

    वडा प्रतिनिधि लिला बहादुर बुढाथोकीकाे नेतृत्वमा समाजले एकल तथा विपन्न महिलाहरूकाे नामावली छनाेट गरेको थियोे। मन्थली नगरपालिका वडा नम्बर १२ का २० भन्दा बढि एकल तथा विपन्न महिलाहरुकाे नाम सुचि तयार गरिएपनि कार्यक्रममा उपस्थित १६ जनालाई खाद्यान्न वितरण गरिएको र वडामा थप त्यस्ता ब्यक्ति काेहि भए पुनः समेटेर खाद्यान्न वितरण गरिने समाजका संयोजक बुढाथोकीले जानकारी दिए।

    उक्त कार्यक्रमका लागि केही आर्थिक सहयोग समाजका समाजसेवीहरुबाट सहयोग प्राप्त भएको र बाँकी रकम संथाका आजीवन सदस्यहरुकाे ट्रस्टबाट प्राप्त ब्याज रकमबाट खर्च गरिने सिर्जनसिल समाजका संयोजक बुढाथोकीले जानकारी दिए।

    वडा प्रतिनिधि एवम् कार्यक्रमका प्रमुख अतिथि लिला बहादुर बुढाथोकी र समाजका संयाेजक कृष्णहरी बुढाथोकीले संयुक्त रुपमा एकल तथा विपन्न महिलाहरूलाई खाद्यान्न वितरण गरेका थिए। उक्त कार्यक्रममा वडाका एकल तथा विपन्न महिलाहरुमध्ये कृष्णा कुमारी बुढाथोकी, हीरादेवी मिजार, मनमाया बुढाथोकी, छत्रमाया भुजेल, जानुका भुजेल, मान कुमारी पाण्डे, विष्णुमाया सार्की ,नन्द माया खत्री, कल्पना पहरी, ठुलिमाया पहरी, मैया चाैहान, दिल कुमारी खत्री ,निरुता भुजेल, रत्नमाया मिजार, राधे मिजार र मिना कार्कीसहित १६ जनाकाे उपस्थिति रहेको थियोे।

    कार्यक्रममा रामेछाप काठमाडौ सिर्जनसिल समाजका संयोजक कृष्णहरी बुढाथोकी, समाजसेवी कर्ण बहादुर पाण्डे, सिर्जनसिल समाजका आजीवन सदस्य तथा श्री माध्यमिक विद्यालय सिक्रालका प्रअ पवनराज खड्का, संस्थाका आजीवन सदस्य तथा प्रमुख सल्लाहकार लवहरी बुढाथोकी र वडा प्रतिनिधि लिला बहादुर बुढाथोकीले आफ्नो मन्तव्य राखेका थिए।

    सिर्जनसिल समाजका आजीवन सदस्य तथा पत्रकार प्रविण अधिकारीले सञ्चालन गरेकाे उक्त कार्यक्रममा प्रमुख आतिथ्यता वडा प्रतिनिधि लिला बहादुर बुढाथोकीकाे रहेकाे थियोे भने, विशेष अतिथिका रुपमा समाजका प्रमुख सल्लाहकार, आजीवन सदस्य तथा समाजसेवी लवहरी बुढाथोकी रहेका थिए। त्यस्तै अतिथिहरुमा समाजका आजीवन सदस्य एवम् श्री माध्यमिक विद्यालय सिक्राल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुसहरी बुढाथोकी, समाजका सदस्य ध्रुव बुढाथोकी, समाजकी सह-संयोजक सुमना बुढाथोकी, दिपक गम्भीर सिंह अधिकारी, दामाेदर पाण्डे, पुरुशोत्तम बुढाथोकी, रामहरी बुढाथोकी, भालु वतासे सामुदायिक बनका अध्यक्ष चन्द्र बहादुर बुढाथोकीलगायतको आतिथ्यता रहेको थियोे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...