News Portal

  • रंगेली अस्पताल परिसरमा चिकित्सकहरुको मदिरासहितको भोज

    हिमालीसंचार संवाददाता
    १७४३ पटक

    माेरङ – माेरङकाे रंगेली अस्पतालमा रहेका दरवन्दीका चिकित्सकहरु अस्पताल परिसरभित्र गैरजिम्मेवार बन्दै गएका छन्। अस्पताल हाताभित्र चिकित्सकहरुले बिहीबार मध्यरातमा नर्सिङ क्वाटरमा बाहिरी चिकित्सकसहित निजी औषधी व्यापारीलाई राखेर मदिरा पिएर मनोरञ्जन गरेको खुलेको छ।

    बिहीबार रंगेली अस्पतालका दरवन्दीका डा.रोशन झाको जन्मोत्सवमा मदिरासहितको भोज आयोजना गरी गैरजिम्मेवार कार्य अस्पताल हाताभित्र चिकित्सकहरुले देखाएका हुन्। अस्पताल भित्र मध्यरातमा बाहिरी मान्छेहरूलाई नर्सिङ क्वाटरमा राखेर निषेधित गतिविधी आयोजना गरेका थिए।

    उक्त बिषयमा अस्पताल परिसरमा निषेधित हुनु गलत भएको अस्पताल विकास समितीले जनाएको छ। बिहीबार राति अस्पतालमा सेवा लिन पुगेका स्थानियहरुले डाक्टरहरु मस्ती गरेर गैरजिम्मेवार बनेको भन्दै विरोध गरेपछी अस्पताल अशान्तसमेत बनेको थियो।

    सो क्रममा नर्सिङ क्वाटरमा पाटी मनाउन पुगेका निजी क्लीनिकका डा.अशोक ठाकुर लुकेका थिए भने, औषधी व्यापारी उमेश ताजपुरीयालगायत अस्पताल परिसर छाडेर भागेको स्थानीय युवा उषन खड्काले बताए।

    अस्पताल हाताभित्र मदिरा र सुर्तीजन्यवस्तु सेवन गर्न निषेध हुन्छ तर, रंगेली अस्पतालमा भने खुलेआम विभिन्न मनोरन्जनको बहानामा चिकित्सकहरुले नै मदिरा सेवन गर्ने गरेकाेे खड्काले बताए।

    सो मनोरन्जन पाटिमा विराट मेडिकल कलेजमा कार्यरत हाडजोर्नीका डा.अजय महतोसहित रंगेली अस्पतालका दरवन्दिका चिकित्सक रहेका थिए। यस्तो गतिबिधि शुक्रबार बाहिरिएपछि डाक्टरहरुले आफुहरु असुरक्षित महसुस भएको भन्दै काेराेनाकाे माहामारीमा डिउटि राेष्टमसमेत छाडेर भागेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...