News Portal

गरिबको छाप्रोमा के हुनु दशैंको रौनक

हिमालीसंचार संवाददाता
४४७ पटक

रोशन पराजुली/हेटौंडा – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-९ निवासी उहाँ आखा कम देख्नुहुन्छ, हातगोडा सुकेर चाउरी परेका छन्। हातभरि घाउ नै घाउ छन्। घाउ कुनै रोग लागेर होइन। सिलाबरे तार जाली बोकेर घरसम्म ल्याउँदा र त्यही जालीलाई कुच्याएर सानो बनाउँदा उहाँको हातभर चोटैचोट लागेको हो। यो उहाँको नियति नै बनेको छ। ७७ वर्षीय चसबहादुर भ्लोनले जीवनको यो उमेरसम्म पनि कहिल्यै सुखको सास फेर्न पाउनुभएको छैन।

वडादशैंमा हुनेहरुका लागि किनमेल सुरु भइसकेको छ। भ्लोनलाई भने दशैंको कुनै माहोल लागेको छैन। छरछिमेकी दशैंको जोहो गर्नतिर लागेका छन्। घरमा परिवार जम्मा भएका छन् तर, भ्लोनको घरमा दशैंको लागि केही सोचिएकै छैन।

बिरामी पत्नीलाई औषधी त किनेर खुवाउन सकिएको छैन। दशैं कसरी मनाउनु र खै, आउँछ, जान्छ’, उहाँले भन्नुभयो–पैसा भएन भने दुःख पाइने रहेछ। दुःख गरेर २ जनाको प्राण धानिरहेका चसबहादुर आफु पनि कहिले बिरामी हुन्छु कि भन्ने डर लागेको बताउनुहुन्छ। भ्लोन दम्पती सुखको दिन आउला कि भन्ने पर्खाइमा सन्तानलाई सम्झँदै बस्ने गरेका छन्।

घरका दम्पती दुवै बृद्धावस्थाका हेरविचार गर्ने, स्याहारसुसार गर्ने त कुरै छैन, कमाएर दुई छाक जोहो गरिदिने सन्तान साथमा नहुँदा भ्लोन दम्पतीको अबस्था दयनीय छ। २ छोरा र ३ छोरीका बुबा चसबहादुर बुढेसकालमा सहारा दिने कोही नभएपछि जीवन धान्नका लागि फालिएको तार जाली टुक्र्याएर कवाडीकोे भाउमा बेच्ने गर्नुभएको छ।

स्थानीय तारजाली उद्योगबाट खेरजाने जालीहरु बटुलेर उहाँ घरसम्म ल्याउनुहुन्छ। काठ र जस्तापाताले बेरेर बनाइएको घरको सानो साघुरो पिंढीमा बसेर ढुंगामा जाली राख्दै हथौडाले कुच्याउँदै छुट्याएर राख्नुहुन्छ उहाँ। टुक्रा पारेर तयारी अबस्थामा रहेको तार थोरै मुल्यमा बेच्नुहुन्छ।

यो कामले उहाँलाई ज्यान पाल्न मुस्किल त अवश्य पनि भएको छ, त्यसमाथि पत्नीको उपचारका लागि के गर्ने र कसो गर्ने भन्ने पिरले कहिले रातमा निद्रा लाग्ने नगरेको सुनाउँदै भ्लोन भक्कानिनुभयो। उहाँकी ७८ वर्षीया पत्नी ठुलीमाया भ्लोन केही वर्षदेखि ओच्छ्यान पर्नुभएको छ। सुगर र प्रेसरले ग्रस्त ठुलीमाया बसेर खाना पकाउनमात्र सक्नुहुन्छ।

ठुलीमाया भन्नुहुन्छ–छोराबुहारी, नातीनातिना सबै छन्। चितवनतिरै बस्ने गरेका छन्। आमाबुबा छन् भनेर कहिल्यै सम्झेर घर फर्कंदैनन्। पतिले यो काम गरेर हप्तामा २/३ सय कमाउनुहुन्छ। यसैले प्राण धानिरहेका छौं। थाहा छैन पति पनि बिरामी भए भने हाम्रो के हालत होला। सन्तानको धनी भएर पनि माया पाउन सकिएन,’ उहाँको गुनासो छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...