News Portal

निर्मला हत्या प्रकरणले मलाई चिन्तित तुल्याएको छ : राष्ट्रपति

हिमाली संचार संवाददाता
५९१ पटक

काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले सो घटनामा संलग्न अपराधिलाई कानुनको दायरामा ल्याई दण्डित गर्न सम्बन्धित सबै पक्षलाई संवेदनशील हुन पनि गम्भिर ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिँड्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दैै दोषीलाई खोजी गरी पीडित परिवारलाई न्याय दिन ढिलाई नगर्न पनि सम्वद्ध सबै पक्षलाई संवेदनशील हुन आग्रह गरिन् ।

उनले बालबालिकाको हक, हित संरक्षणमा सबै पक्षको सहयोगको आवश्यक्तामा पनि जोड दिनुभयो । राष्ट्रपति भण्डारीले बालमैंत्री समाज निर्माणमा सबैले सकेको सहयोग गर्ने विश्वास पनि व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले बालिबालिकामाथि भईरहेका यौनजन्य हिंसा, दूव्र्यवहार, अपहरण र हत्याजस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न आवश्यक पर्ने कानुन निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई आग्रह गरिन् ।
उनले बाल अधिकार हनन्का घटना हुन नदिन प्रहरी प्रशासन, अनुसन्धान गर्ने निकाय र समाजलाई मिलेर अघि बढ्न पनि आह्वान गरिन् ।

राष्ट्रपति भण्डारीले बालबालिका भोलिको समक्ष र योग्य नागरिक भएकाले उनीहरुको समग्र विकासमा आवश्यक संरक्षण प्रदान गर्न सरकार, अभिभावक, शिक्षालय सबैको योगदानको जरुरी रहेको बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...