News Portal

रुपन्देही कांग्रेसद्वारा नेकपाको कार्यक्रम बहिस्कार, कालो झण्डा प्रदर्शन !

हिमालीसंचार संवाददाता
६१२ पटक

बुटवल – रुपन्देही कांग्रेसले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा सारेको विरोधमा नेकपाका प्रदेश सांसदलाई कालो झण्डा देखाएर प्रदर्शन गरेको छ। रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न आएका नेकपाका प्रदेश सांसद तुलसीप्रसाद चौधरीलाई कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले शनिबार कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन्।

गाउँपालिकाको भवन उद्घाटन गर्न लुम्बिनी प्रदेशका पर्यटनमन्त्री लीला गिरी आउने कार्यक्रम थियो। कांग्रेसले विरोध गर्ने सूचना पाएपछि मन्त्री गिरी कार्यक्रममा अनुपस्थित भएका थिए। त्यसपछि नेकपाका प्रदेश सांसद चौधरीलाई भवन उद्घाटन गर्न पठाइएको थियो।

कांग्रेसले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको पक्षमा मतदान गरेको विरोधमा कालो झण्डा प्रदर्शन गरिएको जनाएको छ। कांग्रेसका निर्वाचित जनप्रतिनिधिहरूले भवन उद्घाटन कार्यक्रम बहिस्कारसमेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...