News Portal

प्रदेश सांसद निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्न सहयोग

हिमालीसंचार संवाददाता
४९३ पटक

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – प्रदेशसभा सदस्य निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्नलगायत राहत सामग्री वितरण गरिएको छ। मंगलबार बोल्दे पुगेर लामाले पहिरोबाट विस्थापित भएका वडा नम्बर ५ का ६० परिवारलाई खाद्यान्न वितरण गरेका हुन्।

पीडितलाई प्रति परिवार २ बोरा चामल, २ वटा कम्वल, नुन, तेल साबुन, माक्स, स्यानीटेरी प्याड वितरण गरिएको प्रदेश सांसद लामाले बताए। पीडितलाई राहतका लागि चाइल्ड इज नेपाल र समाजसेवी रेञ्जेन लामा र छिरिङ लामाले खाद्यान्नलगायत सामग्री उपलब्ध गराएका थिए।

बाह्रबिसे, भोटेकोसी र जुगललगायत पहिरो पीडित भएका स्थानमा धेरै राहत सामग्री पुगेपनि हेलम्बुको बोल्देका पीडितसमक्ष राहत नपुगेकाले खाद्यान्नलगायत राहत सामग्री लिएर गएको लामाले बताए। बोल्दे गाउँनै पहिरोको जोखिममा रहेकाले स्थानीयहरु विस्थापित जीवन बिताउन बाध्य छन्। यो क्षेत्र सांसद लामाको निर्वाचन क्षेत्र पनि हो।

राहत वितरणका लागि नेपाली कांग्रेस जिल्ला सभापति विकास लामा, क्षेत्रीय सभापति आइतमान तामाङ, क्षेत्रीय सचिव रमेश राज भण्डारी, पत्रकार सुदर्शन आचार्यलगायत नेताहरु समेत बोल्दे पुगेका थिए। राहत पाएपछि आफूलाई केही दिनको लागि खाद्यान्न समस्या नहुने भन्दै पहिरोबाट विस्थापितहरु खुशी भएका छन्।

प्रदेश विपद व्यवस्थापन निर्देशक समितिले हेलम्बु, पाँचपोखरी र मेलम्ची नगरपालिकाका लागि १५/१५ लाख रकम छुट्याएको छ। बस्ती स्थानान्तरणका लागि केही दिनमै उद्योग, पर्यटन, वन, वातावरण समितिका अध्यक्ष रमा आलेसहितको टोली सिन्धुपाल्चोकको पहिरोबाट प्रभावित क्षेत्रमा अध्ययनका लागि पुग्दैछ।

कार्यक्रममा बोल्देका विस्थापितलाई कसरी स्थानान्तरण गर्ने भन्ने विषयमा बोल्देको पनि स्थलगत अनुगमन गर्ने सांसद लामाले बताए। लामा सो समितिका सदस्य छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...