News Portal

मृगौलारोगीलाई लिम्घा युवा समुहद्वारा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
३९९ पटक

रामप्रसाद ढुङगेल, युएई – गुल्मी जिल्ला सत्यवती गाउँपालिका- ४, साविकको लिम्घा गाविसका युवाहरूले आफ्नो गाउँका मृगौलारोगीलाई युएईबाट आर्थिक सहयोग गरेका छन् ।

सामान्य आर्थिक अवस्थाका शान्तिमान सिन्जालीका ३६ वर्सिय छोरा तिर्थ सिन्जाली मिर्गौलारोगबाट पीडित भएको र निजको दुबै मिर्गौला फर्नु पर्ने भएकोले सोही गाउँबाट युएई आएका मनकारी युवाहरूको समुहले  २७ हजार २ सय २५ रुपैयाँ सहयोग गरेको अभियन्ता तथा लिम्घा युवा समुहका होम परियारले जानकारी दिएका छन् । 

उपचारमा ठुलो धनराशि लाग्ने हुदा सिन्जालीको लागि सानो सहयोग स्वरूप समुहका निरन्जन शाही र गिता ज्ञवालीको बिशेस पहलमा युएईमा कार्यरत  लिम्घाबासीहरुले सहयोग रकम जुटाएर पठाएका हुन् । 

परदेशमा भए पनि आफ्नो गाउँघरको समस्यामा सहयोग गर्न पाउँदा गर्वको अनुभव भएको अभियन्ता निरन्जन शाहीले बताएका छन् । 

यो अभियानमा निरन्जन शाही, गिता ज्ञवाली, बिक्रम ज्ञवाली, गुन बहादुर परियार, तिलबिर खप्तरी,  गोकर्ण /गङ्गा शाही,  शेर बिक, मुना कोईराला, होम परियार, उषा थापा, निर्मला ज्ञवाली, सुमित्रा ज्ञवाली,  छविलाल बिक, देबु बिक र बिष्णु शाहीले प्रत्यक्ष आर्थिक सहयोग गरेको अभियन्ता गीता ज्ञवालीले जानकारी दिएकी छन् । 

सहयोगी बिष्णु शाहीले आफै उपस्थिति भएर पीडितको बुवालाई उक्त रकम हस्तान्तरण गरेको र अन्य सहयोगी दाताहरुबाट पनि आर्थिक सहयोग प्राप्त भएकोले नेपालको लकडाउन अलि खुकुलो भएपछि  मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको पीडितका बुबाले जानकारी दिएका छन् । पीडितका बुबा शान्तिमानले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...