News Portal

मृगौलारोगीलाई लिम्घा युवा समुहद्वारा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४३१ पटक

रामप्रसाद ढुङगेल, युएई – गुल्मी जिल्ला सत्यवती गाउँपालिका- ४, साविकको लिम्घा गाविसका युवाहरूले आफ्नो गाउँका मृगौलारोगीलाई युएईबाट आर्थिक सहयोग गरेका छन् ।

सामान्य आर्थिक अवस्थाका शान्तिमान सिन्जालीका ३६ वर्सिय छोरा तिर्थ सिन्जाली मिर्गौलारोगबाट पीडित भएको र निजको दुबै मिर्गौला फर्नु पर्ने भएकोले सोही गाउँबाट युएई आएका मनकारी युवाहरूको समुहले  २७ हजार २ सय २५ रुपैयाँ सहयोग गरेको अभियन्ता तथा लिम्घा युवा समुहका होम परियारले जानकारी दिएका छन् । 

उपचारमा ठुलो धनराशि लाग्ने हुदा सिन्जालीको लागि सानो सहयोग स्वरूप समुहका निरन्जन शाही र गिता ज्ञवालीको बिशेस पहलमा युएईमा कार्यरत  लिम्घाबासीहरुले सहयोग रकम जुटाएर पठाएका हुन् । 

परदेशमा भए पनि आफ्नो गाउँघरको समस्यामा सहयोग गर्न पाउँदा गर्वको अनुभव भएको अभियन्ता निरन्जन शाहीले बताएका छन् । 

यो अभियानमा निरन्जन शाही, गिता ज्ञवाली, बिक्रम ज्ञवाली, गुन बहादुर परियार, तिलबिर खप्तरी,  गोकर्ण /गङ्गा शाही,  शेर बिक, मुना कोईराला, होम परियार, उषा थापा, निर्मला ज्ञवाली, सुमित्रा ज्ञवाली,  छविलाल बिक, देबु बिक र बिष्णु शाहीले प्रत्यक्ष आर्थिक सहयोग गरेको अभियन्ता गीता ज्ञवालीले जानकारी दिएकी छन् । 

सहयोगी बिष्णु शाहीले आफै उपस्थिति भएर पीडितको बुवालाई उक्त रकम हस्तान्तरण गरेको र अन्य सहयोगी दाताहरुबाट पनि आर्थिक सहयोग प्राप्त भएकोले नेपालको लकडाउन अलि खुकुलो भएपछि  मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको पीडितका बुबाले जानकारी दिएका छन् । पीडितका बुबा शान्तिमानले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...