News Portal

  • राहत शिक्षकले असहमति राख्दै सिन्धुपाल्चोकमा ध्यानाकर्षण पत्र बुझाइयो

     दुर्गा श्रेष्ठ
    ३५६ पटक

    सिन्धुपाल्चोक -नेपाल सरकारले राहत शिक्षकलाई कनिष्ठ बनाइ दरबन्दीमा सामेल गर्न लागेपछि राहत शिक्षक चौतारा साँगाचाेकगढी समितिले मेयर अमानसिङ्ग तामाङलाई अध्यक्ष केवल कक्षपतिको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्र दिई दरबन्दी मिलान अमान्य हुने जानकारी दिएको छ।

    अहिले असामान्य स्थितिमा राहत शिक्षकलाई प्राथमिकता राखी दरबन्दी मिलान गर्ने, सामान्य अबस्थामा सरुवा माग्दा दरबन्दी होइन राहतको सरुवा हुदैन भनेर अरु शिक्षक सरह सेवा सुबिधा समेत नदिएकोले अहिले देश भरिका करिब चालीस हजार शिक्षक आन्दोलित भएका छन्।

    राहत शिक्षक जिल्ला समितिले जिल्ला शिक्षा समन्वय इकाई प्रमुख कृष्ण सुवेदीलाई अध्यक्ष मोहनप्रसाद सापकोटाको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्र दिएको छ।

    पोशाक भत्ता, महङ्गी भत्ता, बढेको तलब दिन आन्दोलन गर्नुपर्ने त्यतिबेला राहत शिक्षक लाई दरबन्दी नमान्ने अहिले कार्यबिधिमा राहत शिक्षक लाई पहिलो प्राथमिकतामा राखेपछी जिल्लाको सबै स्थानीय तहमा राहत शिक्षक आन्दोलित छन।

    जिल्लामा सबै स्थानीय तहमा राहत शिक्षकहरु समिति बनाएर आन्दोलित भएका हुन।सरकारले छिटो शिक्षा ऎन ल्याएर शिक्षकहरुको समस्या हल गर्नुको साटो विभिन्न थरीका शिक्षक जन्माउने तर हल नगर्नाले समस्या आएको हो। राहत शिक्षक केन्द,प्रदेश जिल्ला र स्थानीय समितिले सबै संघ, संगठन र महासंघ सङ्ग लबिङ गर्ने ध्यानाकर्षण गराउने रणनीति लिएको छ।त्यति गर्दा पनि नभएको खण्डमा सरकारकै विरुद्ध कानुनी लडाइँ लड्न समिति समेत बनाइएको छ।

    देशको एक सय पाँच स्थानीय तहमा शिक्षक संख्या बढी देखिन्छन् बिद्यार्थी संख्याको आधारमा सिन्धुपाल्चोकमा प्राथमिक तहमा बढी र निमाबी, माबि तहमा कम दरबन्दी हुने देखिन्छ। सरकारले भदौ मसान्तसम्म दरबन्दी मिलान गर्न स्थानीय तहलाइ परिपत्र गरेकोछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

    काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज...

    स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

    रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व...

    सफलताको शिखर चढ्दै मातृका लम्साल

    युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल...

    झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई...

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...