News Portal

मकाउबाट ३० जना नेपाली हङकङ ट्रान्जिट भएर काठमाण्डौ उडे

हिमाली संचार संवाददाता
४१५ पटक

मकाउ – कोरोना भाइरसका कारणले लकडाउनमा रहेको मकाउबाट विभिन्न कारणले मकाउबाट हङकङ ट्रान्जिट भएर आज नेपाल फर्केका छन्।

मकाउ रहेका नेपालीहरु मध्य अधिकांश कोरोनाका कारणले रोजगारी गुमाएका, श्रम सम्झौता थप नभएका, राजिनामा दिएका र बाध्याताले छुट्टीमा जानु परेका नेपालीहरि एक जना नावालक सहित मकाउबाट ३० जना नेपाली बुधबार हङकङ हुँदै नेपाल फर्केका हुन्।

एनआरएनए मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार ३१ जना नेपालीहरु नेपाल फर्कन तयारी रहेको भएपनी पीसीआर परीक्षण रिपोर्ट आउन ढिलो हुँदा एक जना मकाउमा नै रोकिएका छन्। बाकी आज मकाउबाट ३० जना मकाउ अध्यागमन पास भएर हङकङ हुँदै नेपाल फर्केका हुन्।

नेपाली महावाणिज्य दूतावासको विशेष आग्रहमा मकाउ सरकारले बुधबार बिहानै मकाउ अध्यागम विभागले अध्यगमन खोलेर ३० जना नेपालीलाई नेपाल फर्कन अनुमति दिएको हो। संघका अध्यक्ष गुरुङका अनुसार ‘दूतावासले रिजर्भ गरेको बसमा नेपालीहरु हङकङ पुगेका थिए।

महावाणिज्य दूतावास हङकङ र एनआरएनए मकाउको सहयोगमा मकाउमा रहेका नेपालीहरु नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्केका हुन्। नेपालीहरुका लागि हङकङ हुदै ट्रान्जिट हुन पनि भिसा चाहिन्छ। हङकङ ट्रान्जिट गर्ने भिसा नेपाली महाबाणिज्य दूतावास हङकङले आफ्नै खर्चमा मिलाइ दिएको थियो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...