News Portal

बेलायतमा प्रथम भिसीको सालिक बन्ने, गेसोको पनि सहयोग

हिमाली संचार संवाददाता
४८८ पटक

ऐजेन्सी – गोरखा भूतपूर्व सैनिक संघ गेसोले बेलायतको अल्डरसटमा बन्न लागेको प्रथम भिसी विजेताको सालिकको सहयोगार्थ १ हजार १ सय ११ पाउण्ड सहयोग गरेको छ ।

गेसोले आइतबार एक कार्यक्रमबीच गोर्खा मेमोरियल प्रोजेक्टलाई सहयोग हस्तान्तरण गरेको हो । रकम हस्तान्तरणका अवसरमा गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ, उपाध्यक्ष तिर्खा पुन, महासचिव दशरथ राई, कोषाध्याक्ष देवीमाया पुन लगायतका पदाधिकारीको उपस्थिति थियो ।

‘विश्व युद्धका प्रथम भिसी विजेता कुल वीर थापाको सम्मानपूर्वक सम्झनामा अल्डरसटको प्रिन्सेस गार्डेनमा सालिक स्थापना हुन लागेको छ । पबित्र कार्य गर्नका निम्ति हामीले सहयोग गरेका हौं’- गेसो सभापति कृष्णकुमार राईले भने ।

बेलायतको मिनी नेपाल मानिने अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाउन लागिएको प्रथम भिक्टोरिया क्रस भिसी विजेता गोर्खा सैनिक कुलवीर थापामगरको शालिक सहयोगार्थ बेलायतका धेरै संघसंस्थाले सहयोग गरेका छन् ।

गोर्खा मेमोरियल प्रोजेक्टका अनुसार शालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड लाग्ने अनुमान छ । नेपाल–बेलायत सम्बन्धको सेतुका रुपमा रहेका गोर्खाहरुको योगदानबारे बेलायतका नेपालीको आउँदो पुस्ताहरुलाई समेत जानकारी गराउन प्रतीकको रुपमासो शालिक निर्माण गर्न लागिएको हो ।

शालिक राख्ने ठाउँका लागि स्थानीय ग्रेटर रसमोर नेप्लिज कम्युनिटीले सन् २०१५ देखि रसमोर काउन्सिलसंग अनुरोध गर्दै आएकोमा गत वर्ष स्थान उपलब्ध गराइएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...