News Portal

झापाली समाज कुवेतद्वारा गजेन्द्र थापालाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४४० पटक

कुवेत – झापाली समाज कुवेतले कोरोनाले विश्वमहामारी भैईरहेको बेलामा पनि झापा गाउँपालिका वार्ड न.६ का ७ बर्षिय बालक गजेन्द्र थापालाई आर्थिक सहयोग गरेको छ।

झापा गाउँपालिका वार्ड न.६ मा बसोवास गर्ने स्व ईन्द्र वहादुर थापाको ७ बर्षिय छोरा गजेन्द्र थापा जन कल्याण मावि कक्षा २ मा अध्यानतर थापा आफ्नो वुबाको काजकृया गरे लगतै छालामा एलर्जी देखिन थाले पश्यात उपचार गर्दै जाने क्रममा टाउकोमा असर पर्न गएको रिपोर्ट आएको र हाल बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भैई रहेको छ।

निज थापाको घर परिवारको आर्थिक अवस्था ज्यादै नै कमजोर भएकाले ७ बर्षिय बालक गजेन्द्रको जीवन रक्षार्थ उपचारको लागि समाजले ३१ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको समाजका महासचिब प्रसाद तिम्सीनाले जानकारी गराएका छन

बिर्तामोड स्थित मनमोहन अस्पतालमा उपचार गराई रहेका ७ बर्षिय बालक गजेन्द्रको उपचारको लागि समाजले समाजका संस्थापक सक्रिय सदस्य खगेन्द्र सिलवाल र झापा गा.पा. वार्ड न. ६ का वार्ड सदस्य मोहन पोख्रेलको उपस्थितिमा बिरामिका अबिभावक हजुरबुबा चन्द्र बहादुर थापाको हातमा अस्पतालकै शैयाकक्षमै हस्तान्तरण गरेको छ।

“हाम्रो एकता विकासको लागि” भन्ने मूल नाराका साथ् स्थापना गरिएको विगत ७ वर्षदेखि कुवेतमा स्थापित कृयाशिल झापाली समाज कुवेतले समाजमा आवद्द सदस्यहरुको आर्थिक उन्नती तथा जिल्लाको विकासको लागि विभिन्न सहयोग र सामाजिक सेवाका कार्यहरु गर्दै आएको र विश्वभरि छरिएर रहेका झापालीहरुलाई एकीकृत गर्दै ४२ देश भदा वढि झापाली समाजका सन्जालहरु फैलाउदै अन्तराष्ट्रिय झापाली समाज पनि गठन गरि विभिन्न सेवा मुलक कामहरु गर्दै आई रहेको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...