News Portal

अन्तर्राष्ट्रिय उडान थप गर्न नेपाली समाज युएई लगायत ४४ संस्थाको अनुरोध

हिमाली संचार संवाददाता
४३६ पटक

यूनाईटेड अरब ईमिरेट्स -यूएईको पहिलो तथा स्थापित संस्था नेपाली समाज युएईले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय उडान संख्या बढाउन माग गरेको छ । नेपाली समाज युएईमा आवद्ध कृयाशील ४४ सामाजिक संस्थाहरुले एक ज्ञापनपत्र सार्वजनिक गर्दै दैनिक ५ वटा हवाई उडान हुनु पर्ने माग गरेका छन् ।

यूएईमा रहेका ४४ सँघसंस्थाको तर्फबाट नेपाली समाज, यूएईले सम्माननीय प्रधानमन्त्री केपी ओलीलाई एक ज्ञापनपत्र लेख्दै उक्त माग राखेको हो । समाजका अध्यक्ष गोबिन्द ढकाल र महासचिव बेदप्रसाद अर्यालद्वारा हस्ताक्षर गरी प्रेषित पत्रमा सामान्य अवस्थामा दैनिक ४ सय उडान हुने मुलुकबाट नियमित उडानको नाममा १८ वटा मात्र उडान हुनु हात्तीको मुखमा जीरा भएको जिकिर गरेका छन् ।

चार लाख भन्दा बढी नेपालीहरु रहेको यूएईमा ५० हजार भन्दा बढीले नेपाल फर्कन चाहेको बताईएको छ । १५ हजार भन्दा बढी नेपालफर्किएको र हाल ३५ हजार नेपाली नेपाल जान नपाएर अलपत्र परेको जनाईएको छ ।

यूएईमा आम माफीको समय पनि सकिन लागेकोले कम्तिमा मासिक १ सय ५० उडान हुनु पर्ने नेपाली समाजका महासचिव बेद प्रसाद अर्यालले बताए ।

नेपाली दुताबास अबुधावी मार्फत प्रेषित गरिएको पत्रमा पर्यटन मन्त्री र श्रम मन्त्रीलाई समेत सम्बोधन गरिएको छ भने यूएईमा रहेका ४४वटा संस्थाका अध्यक्षहरुले पनि संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

अस्टर क्लिनिकमा सस्तोमा पिसिआर

युएईबाट नेपाल फर्किने सबै यात्रुहरुले अनिवार्य पिसिआर नेगेटिभ रिपोर्ट साथमा लानुपर्ने भएपछि महगो दरमा परिक्षण गर्न बाध्य नेपालीहरुलाई अस्टर क्लिनिकले १९० दिराममा रिपोर्ट प्रदान गर्ने सहमति भएको छ ।
नेपाल एयरलाइन्सका यात्रुहरुलाई सहज दरमा पिसिआर परिक्षण गर्ने व्यवस्था नेपाली समाज युएईको पहलमा भएको महासचिव वेदप्रसाद अर्यालले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...