News Portal

गोरखाका कुमार रानालार्इ जेलमुक्त गर्न ५० हजार साउदी रियाल ब्यहोर्ने कम्पनीको अाश्वासन

हिमाली संचार संवाददाता
७९८ पटक

साउदी – साउदीअरबको जेलमा बन्दी जीवन विताइरहेका गोरखाका कुमार रानामगरको उद्दारका ५० हजार रियाल व्यहोर्ने अाश्वासन उनी काम गर्ने कम्पनीले दिएको छ ।

यदी कम्पनीले ५० हजार रियाद व्यहोरेको खण्डमा कुमारका लागि अावश्यक ब्लडमनी पुग्नेछ । दुर्टनामा घाइते भएका व्यक्तिको मुद्धामा अदालतले २ लाख ९४ हजार साउदी रियाल तिर्नुपर्ने फैसला गरेको थियो । जसमा घाइतेले ४४ हजार रियाल कम गरिदिने लिखित प्रतिबद्धता दूतावासलाई बुझाएका छन् ।

यता कम्पनीले ५० हजार रियाल बेहोर्ने मौखिक आश्वासन दिएकोले दूतावास अहिले सोही ५० हजार रियालको दायित्वग्रहण गरिदिन कम्पनीलाई आग्रह गरिरहेको छ ।

कम्पनीले बेहोर्ने भनेको ५० हजार रियालको छिनोफानो लागेसँगै आवश्यक रकम परराष्ट्र मन्त्रालयमार्फत सरकालाई बुझाउने तयारी भइरहेको छ ।

कुमारको उद्दारका लागि साउदीअरबमा रियादमा हुम सुनारी मगरको संयोजकत्वमा गठित समितिले सबैभन्दा धेरै चन्दा संकलन गरेको छ । सुनारीले रोल्पाका दिलबहादुर मगर र गोरखाका कुमार राना मगरका निमित्त संयुक्त रूपमा चन्दा संकलन अभियान संचालन गरेका थिए ।

दिलबहादुरका निमित्त ९ लाख २७ हजार र कुमारका निमित्त १२ लाख १६ हजार गरी कुल २१ लाख ४३ हजार रूपैयाँ संकलन गरी नेपालमा दुबै पीडितको उद्दारका निमित्त गठित समितिलाई अलगअलग रकम हस्तान्तरण गरेका छन् ।

त्यस्तै मगर संघ साउदी अरबको नेतृत्वमा संकलित ८ लाख ६१ हजार ७ सय १४ रुपैया प्राप्त गरेको कुमार रानामगर उद्दार समितिका संयोजक कृष्ण ढकालले जनाए ।

अन्य स्वदेश तथा विभिन्न देशमा रहेका नेपाली समुदायको उल्लेख्य सहयोगले गर्दा नै कुमारको उद्दारका निमित्त आबश्यक पर्ने रकम जुटिसकेको ढकालले बताए ।

संकलन भएको चन्दाबाट एक पैसा अन्य शीर्षकमा खर्च नगर्ने र आवश्यकता भन्दाबढी रकम कुमार जस्तै अन्य पीडितको उद्दारमा खर्च गर्ने निर्णय मूल समितिले गरेको छ।

कुमारको जेलमुक्तिका लागि उनकै गृह जिल्ला गोरखा बोर्लाङका स्थानीय समुदाय समिति खडा गरी चन्दा संकलन कार्यमा लागेका थिए ।

कृष्ण ढकालको संयोजकत्वमा गठित समितिमा स्थानीय जनप्रतिनिधिदेखि प्रदेशसभा, प्रतिनिधिसभा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गोरखाली सांसदहरूको सहभागिता रहेको थियो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समितिका प्रमुख सल्लाहाकार रहेका छन् ।

कम्पनीले लाइसेन्स नबनाइ जबरजस्ती गाडी चलाउन लगाएकै कारण कामको सिलसिलामा सडकमा गाडी चलाउँदै गर्दा अप्रिल २०१६ मा गोरखाका कुमार साउदीअरबको सडकमा गम्भीर दुर्घटनामा परेका थिए ।

घटनामा मानवीय क्षती नभएपनि दोस्रो गाडीमा सवार साउदी नागरिक गम्भीर घाइते भएको र उनले क्षतीपूर्ति माग दाबी गर्दै स्थानीय अदालतमा कुमारबिरूद्ध मुद्दा दायर गरेका थिए ।

अदालतले शरीरका बिभिन्न अंगमा लागेको चोटका कारण कुमारले २ लाख ९४ हजार साउदी रियाल तिर्नुपर्ने फैसला गरेको थियो । उक्त रकम बुझाउन नसकेकाले कुमार बिगत एक वर्षदेखि साउदीअरबको अफिफ जेलमा छन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...