News Portal

पत्रकार बानियाँको रहस्यमय मृत्यु

हिमाली संचार संवाददाता
३५५ पटक

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ ।  बानियाँको मृत्यु रहस्यमय ढंगले भएको भन्दै महासंघले गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछ’, महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु-याएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत थिए।

केही दिनदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...