News Portal

संगम थापाले ल्याए टिकटक भाइरल गीत “ओइ गनगन” (भिडियो सहित)

हिमाली संचार संवाददाता
९७९ पटक

२०७७ साउन २५, आईतबार
काठमाडौं – मिलन फिल्मसको प्रस्तुतिमा रहेको संगम थापाको टिकटक भाइरल “ओइ गनगन” बोलको गीत हालै मात्र बजारमा आएको छ।

छोटो समयमै लाखौं दर्शकश्रोताहरुको माझ लोकप्रिय बन्न सफल सो गीतमा गायक संगम थापा र गायिका प्रतिमा अर्यालले स्वर भरेका हुन भने सानु केसिको शब्द संकलन तथा सुफिक्स मदनले संगीत भरेका छन।

मिलन श्रेष्ठको निर्देशनमा रहेको सो गीतको म्युजिक भिडियोमा मुकुन्द थापा, अनु पराजुली, करुणा पाण्डे र सुदर्शन खतिवडालगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

यो गीतको म्युजिक भिडियो निर्माणमा दिनेश श्रेष्ठको व्यवस्थापन, जनकराज अधिकारीको छायांकन तथा रोशन धितालको सम्पादनमा मिलन फिल्मसकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...