News Portal

रंगेली बसाेवास गर्नेलाई बिराटनगरले दियो हाेटलमा बस्न सिफारिस, रंगेलीमा काेराेना त्रास

हिमाली संचार संवाददाता
४३६ पटक

२०७७ साउन २३, शुक्रबार
रबिन्द्र बराल/मोरङ – रंगेली निवासी एक महिलालाई विराटनगर महानगरपालिकाकाे १० नम्बर वडाले होटल क्वारेन्टीनको सुविधा दिएपछि रंगेलीमा संक्रमण फैलिएको खुलासा भएको छ।

वडा कार्यलयकाे चलानी नम्बर १५३३ नम्बरको पत्रकाे अनुसार उनलाई असार २४ गते सम्धित वडा कार्यलयले भारतको दिल्लीबाट नेपाल प्रवेश गरेकी रंगेली निवासी महिलालाई विराटनगर महानगरपालिका १० नम्बर वडाले होटल क्वारेन्टीनको सुविधा दिएपछि उक्त महिला होटल क्वारेन्टीनमा बस्दा र सावधानी नअपनाएका कारण एउटै परिवारका १४ जना काेराेना पुष्टि भएका हुन।

वडा कार्यालयले होटल क्वारेन्टाइनमा बस्न सिफारिस गरेपनि सम्बन्धित महिला क्वारेन्टाइन नै नबसी सोझै बिरामी बुबालाई भेटन न्युरो अस्पताल गएको र एकसाता भित्रै रंगेली आफ्नो घर पुगेको खुलेको छ।

उनको बुबाको निधन भएपछि सम्पूर्ण आफन्तहरु मलामीमा सहभागी भएका थिए। काजकिरिया सकाएर घर फर्कनेबेला महिला तथा सबै परिवाकाे स्वाब संकलन गरी परीक्षण गर्दा घरका १४ जना सबै परिवारको कोरोना पोजेटिभ पुष्टि भएको थियो।

उनीसँगै परिवारलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि आफन्त लगायत कन्ट्याक्ट ट्रेसिङमा आएका दुईसय संख्या हाराहारीको स्वाब संकलन गरिएको छ। परीक्षण रिपोर्टको प्रतिक्षामा रहेका उनीहरुसँगै रंगेलीवासी भने आतंकित बनेका छन्।

यता रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया संग जिज्ञासा राख्दा उनलेे भने भारतबाट आएको सम्बन्धित स्थानीय तहलाई जानकारी नगराई अर्को स्थानीय तहले सिफारिस दिदाँ समस्या आएकाेे र उक्त पत्रसहित जिल्ला प्रशासन कार्यालयसँग छानविनका लागि पठाएको समेत गरेको मेयर बगडियाले बताए।

यता वडा नम्बर १० का वडा सचिव मुकुन्दचन्द उपाध्यायले भने सिफारिस दिने काम जनप्रतिनिधिहरुकाे भएको बताउदै आफुलाई कुन ठाउँ मानिस हाे सबै कुरा थाहा नभएको र यी कुराहरु जनप्रतिनिधिहरुलाई मात्रै थाहा भएको हुनाले आफुले हस्तान्तरण मात्रै गरेको बताए।

वडाध्यक्ष माधव राज वाग्लेले भने एक महिना अगाडि दिएकाे सिफारिस भएको हुनाले अहिले केही थाहा नभएको र वडा कार्यलय सन्चालमा आएपछि खाेजि गर्ने समेत वाग्लेले बताए।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...