News Portal

प्रदेश २ मा १४ जना नेपाली सेनासहित थप ३६ जनामा कोरोना संक्रमण

हिमाली संचार संवाददाता
४४८ पटक

जनकपुर – प्रदेश नम्बर २ मा १४ जना नेपाली सेनासहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर २ का विभिन्न जिल्लामा गरी ३६ जनामा संक्रमण पुष्टि भएको हो । ३६ जना थपिएसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका प्रकौलीस्थित रणभीम गणमा रहेका १४ जना नेपाली सेनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसअघि पनि सोही गणमा कार्यरत्त १० जना नेपाली सेनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै महोत्तरीको सम्सी गाउँपालिका घर भइ अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराइरहेका ३२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

 

त्यस्तै जनकपुरधामको माछापुच्छे« बैंकमा कार्यरत थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । बैंकमा कार्यरत २९ वर्षीया एक महिला, ३०   र ३१ वर्षका २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । केहीदिन अघि यसै बैंकका १ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १, ४ र १५ का २३ देखि ४४ वर्ष उमेरका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । धनुषाकै सबैला नगरपालिका वडा नम्बर ७, धनौजी गाउँपालिका, विदेह नगरपालिका र जनस्वास्थ्य कार्यालयका १ तथा १ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यसैगरी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ८ का ७, सिरहाका औरही गाउपालिका वडा नम्बर ९ का १ र सर्लाहीका रामनगर गाउँपालिका वडा नम्बर १ का एक जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...