News Portal

बच्चा भेटिएको नाटक गरेकी पुष्पा अधिकारी प्रहरी नियन्त्रणमा, भाग्य न्यौपानेले समेत सहयोग फिर्ता लगे

हिमाली संचार संवाददाता
९७९ पटक
२०७७ साउन २० मंगलवार

काठमाण्डौ । काठमाण्डौ कपनस्थित चौरमा काटुन भित्र भेटिएकी शिशुकी आमा पत्ता लागेको छ । प्रहरीले खोजतलास गरेपछि ती शिशुकी आमा दुई जना सहयोगी महिलाका साथ आएर छोरी लगेर गएकी छिन् । वैदेशिक रोजगारीमा गएकी ती महिलाले काठमाडौं आउनेवित्तिकै शिशुलाई जन्मदिएकी थिइन् । काठमाडौंकै एउटा आश्रयस्थलमा बसेकी ती महिलाकै मिलोमतोमा केयर बालगृहकी पुष्पा अधिकारीसँग मिलेर शिशुलाई फालेको नाटक गरी पैसा संकलनको योजना बनाएको रहस्य समेत खुलेपछि युटुबर भाग्य न्यौपानेले आफुले सहयोग गरेको १० हजार रुपैया फिर्ता मागेर लगे संगै अन्य सहयोगीहरुले समेत सहयोग फिर्ता लिइरहेका छन् ।

कपनमा एउटा कार्टुनमा ती शिशुलाई राखेर यही साउन १२ गते सोमबारका दिनका फालिएको अवस्थामा भेटिएको भनेर समाचार आएको थियो । कपनको चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएको कुरा सार्वजनिक भएको थियो । उनीहरूको योजनामा शिशुलाई देखाएपछि राम्रै सहयोग जुटेको पुष्पा अधिकारीले स्वीकार गरेकी छिन् । 

वैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी एक महिलाले जन्माएको खुलेको छ । ती महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ । परिवारलाई खवर नगरी काठमाडौंमा आश्रय लिई बसेको समयमा शिशु जन्मेपछि सहयोगीमार्फत् उनको केयर बालगृहकी संस्थापक अधिकारीसँग भेट भएको थियो ।आमा र अधिकारीको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी शिशुलाई कार्टुनमा राखेको खुलासा भएको हो । यो खुलासा भए संगै सामाजिक संजालमा विभिन्न धारणाहरु आएका थिए। ती मध्ये मुकुद धिमिरेले समेत एक स्टाटस राखेका थिए । अहिले उनको स्टाटस भाइरल भइरहेको छ ।

घटना उजागर भएलगत्तै केयर बालगृहकी संस्थापक अधिकारी, शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको बौद्ध प्रहरीका डीएसपी नवीन कार्कीले घटनाका विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । डीएसपी कार्कीले घटनाका दोषीलाई कारबाही गरिने बताएका छन् ।

कुनै पनि शिशु फालिएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्ने थियो । तर, पुष्पा अधिकारीले त्यसो नगरी सञ्चारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् । प्रहरीले निगरानी थालेपछि शिशुकी आमा दुई जना महिला सहयोगीसहित आएर शिशुलाई लिएर गएकी सिसिटिभी फुटेजमा देखिएको छ । अधिकारीले चार वर्षअघि खोलेका संस्थामा हाल बालबालिकाहरु पनि रहेको छन् । 

भिडियो हेर्नुस्

प्रतिकृया दिनुहोस्

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...