News Portal

उपचारका लागि लायन्स क्लवको सहयोग

हिमाली संचार संवाददाता
४६२ पटक

२०७७ साउन १७, शनिबार
सुर्खेत – विषालु च्याउको तरकारी खाँदा विरामी भएर कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका जाजरकोटक कुशे गाउँपालिका–१ स्याक्रीका चलाउने परिवारलाई लायन्स क्लव अफ वीरेन्द्रनगर सुर्खेतले आर्थिक सहयोग गरेको छ।

लायन्स क्लवले कुशे गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र बस्नेतको रोहवरमा शनिबार अस्पतालमै पुगेर १२ हजार रुपैयाँ सहयोग गरेको हो। साउन ९ गते जंगलबाट ल्याएका विषालु च्याउको तरकारी खाँदा टेकबहादुर चलाउनेसहित परिवारका आठ जना बिरामी परेका थिए।

तिमध्ये टेकबहादुरका २१ वर्षीय छोरा ललित, १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा, ११ वर्षीया नातिनी निरुता र तीन वर्षीया नातिनी अञ्जनाको मृत्यु भएको छ। अञ्जनाको सोमबार, औसरा, धनसरा र निरुताको मंगलबार तथा ललितको बिहीबार उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो।

टेकबहादुर चलाउने, उनकी ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

विषालु च्याउ खाएर एकै परिवारका पाँच जनाको मृत्यु भएको र तीन जना उपचाररत रहेको जानकारी पाएपछि आर्थिक सहयोग गरेका हौं,’ अध्यक्ष लक्ष्मी शाहीले भनिन्, ‘आर्थिक अभावमा उपचारमा समस्या भइराखेकाले थप सहयोगका लागि पनि पहल गछौं।

रकम हस्तान्तरण गर्दै डिष्ट्रिक कोडिनेटर टिकाराम चपाईले सुर्खेत–दैलेख एरियाका लायन्स क्लवबाट थप सहयोगका लागि पहल गर्ने बताए।

‘परिवारका आठ मध्ये पाँच जनाको मृत्यु भइसकेको छ, तीन जना अझै जीवनमरणको अवस्थामा हुनुहुन्छ, चपाईले भने, ‘उहाँहरुलाई थप सहयोगको आवश्यकता भएकाले कर्णाली एरियाका सबै लायन्स क्लवमार्फत आर्थिक सहयोग संकलन गरेर उपचारमा सघाउने अभियानमा जुटेका छौं।

प्रतिकृया दिनुहोस्

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...