News Portal

यौन सम्पर्क कम गर्ने महिलाको महिनावारी चाँडै रोकिने, रोगको पनि खतरा

हिमाली संचार संवाददाता
५६१ पटक

२०७७ साउन १७, शनिबार
काठमाडौं – धेरै कम यौन सम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ। अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौन सम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौन सम्पर्क गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका हुन्।

यौन सम्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी रोकिंदैन। जब कि अर्धवैंशे उमेरका महिलाले शारीरिक सम्पर्क गर्न छोडेपछि महिनावारी हुने दर घट्छ।

बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका मानवशास्त्री मेगान आर्नोटका अनुसार यदि तपाईंले बच्चा नपाउने भएपछि डिम्बाशयबाट डिम्बा निसेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ।

डिम्बासयबाट डिम्ब निष्कासन हुने अवस्थामा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले रोग लाग्ने जोखिम अत्याधिक हुने बताउँछन्। यदि गर्भाधारण नगर्ने भएपछि शारीरिक सम्पर्क कम हुँदै जाने भएकाले शरीरले डिम्बा निष्काशनको लागि शक्ति खर्च गर्न छोड्छ।

सन् १९९६ देखि अमेरिकाभर शुरु भएको अर्धवैंशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्यांकलाई अनुसन्धान गर्दा यस्तो पत्ता लागेको हो। अनुसन्धानमा ४५ वर्षीया करिब ३ हजार महिलालाई लक्षित गरिएको सीएनएनले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...