News Portal

बाढी र पहिरोबाट कर्णाली प्रदेशमा ३५ जनाको मृत्यु

हिमाली संचार संवाददाता
५९९ पटक

२०७७ साउन १६, शुक्रबार
सुर्खेत – बाढी र पहिरोमा परी पछिल्लो महिनादिन यता कर्णाली प्रदेशमा ३५ जनाको मृत्यु भएको सरकारी तथ्याँक छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जाजरकोटमा १५ जना, कालीकोटमा १३ जना, रुकुमपश्चिममा ४ जना, सुर्खेत, दैलेख र सल्यानका एक/एकजनाको बाढी र पहिरोमा परी मृत्यु भएको जनाएको छ।

प्रदेश प्रहरी प्रमुख बसन्त पंन्तले मनसुन सुरु भएयता पहिरो र बाढीमा परेर प्रदेशमा ९ जना अझै बेपत्ता रहेका जानकारी दिनुभयो।

कालीकोटमा ७ जना र जाजरकोटमा ३ जना बेपत्ता भएको उहाँको भनाई छ। बाढीपहिरोले कालीकोटका ४४ घरका २ सय ६५ जना विस्थापित भएका छन।

रास्कोट नगरपालिकाका १३ घर, सान्नी त्रिवेणी गाउँपालिकाका ५ घर र नरहरिनाथ गाउँपालिकाका २५ घर विस्थापित भएका छन्।

उनीहरुमध्ये केहीलाई विद्यालय र केहीलाई पाल टाँगेर जंगलमै राखिएको स्थानिय प्रशासनले जनाएको छ।
(तस्वीर- कर्णालीसंदेश)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...