News Portal

सुर्खेतमा विद्यार्थीहरुको आन्दोलन, विद्यार्थी नेता किरणको साथ (भिडियो सहित)

हिमाली संचार संवाददाता
१३४७ पटक

२०७७ साउन १६, शुक्रबार
सुर्खेत – सुर्खेतमा विद्यार्थीहरुले परिक्षा दिन नसक्ने भन्दै आन्दोलन गरेका छन्। सयौं विद्यार्थीहरुले प्लेकार्ड बोकेर शान्तिपुर्ण रूपमा सडकमा प्रदर्सन गरेका छन्।

आन्दोलनकारी विद्यार्थीहरुले सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

विद्यार्थी नेता रवि किरण हमालले विद्यार्थीहरु सुर्खेतको वीरेन्द्रनगरस्थित राजा (वीरेन्द्र) चोकमा प्रदर्सन गरिरहेको देखेपछि गाइड गरेर सिडियो कार्यालयसम्म पुर्याएका थिए।

विद्यार्थीहरुले पिसिआर गर्नुपर्नेमा सरकार परिक्षा गर्न लागेको आरोप लगाएका छन्। ऊनीहरुले आफुहरु मनोबैज्ञानिक रूपमा परिक्षा दिन तयार नभएकोले आन्तरिक मुल्यांकन गरेर सहज अबस्थामा लैजान माग गरेका छन्।

विद्यार्थीहरुले सहायक सिडियो भिमकान्त पौडेललाई ज्ञापनपत्र बुझाउदै आफ्ना मागहरू पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...