News Portal

स्थानीय युवाहरुद्वारा काँक्रेविहार क्षेत्रभित्र सरसफाई तथा धारा निर्माण

हिमाली संचार संवाददाता
६०९ पटक

२०७७ साउन १५, बिहीबार
सुर्खेत – बीरेन्द्रनगर-९ लाटिकोईलीका युवाहरुले काँक्रेविहार क्षेत्रभित्र सरसफाई तथा धारा निर्माण गरेका छन।

संरक्षित क्षेत्र काँक्रेविहारमा फोहर मैला भएको र खानेपानिका ट्याङकि जिर्ण अवस्था भएकाले युवाहरुले संरक्षण गरेका हुन।

सुर्खेतसहित विभिन्न जिल्लाबाट पिक्निक खानको लागी काँक्रेविहार क्षेत्रमा आउने भएकाले त्यसक्षेत्रलाई सुन्दर बनाउन सरसफाई गरिएको युवा नवराज कार्की र थोमस गौतमले जानकारी दिए।

युवाहरुले पिक्निकस्पटमा रहेको खानेपानीको ट्याङकी र मन्दीर नजिक रहेका दुई वटा ट्याङकीको सरसफार्इ र धाराका टुटीहरु नयाँ राखिएको बताएका छन।

अहिले काँक्रेविहार क्षेत्रमा युवाहरुको पहलमा सामाजीक कृयाकलापहरु भईरहेको छ।

कार्यक्रममा विक्रम केसी, सतिस गौतम, उत्सब जिसि, अनिस श्रेष्ठ, भुपाल ठकुरी, प्रवल मान्नधर र संचिन जिसीलगायका युवाहरुको सहभागीता थियो।

यस्तै स्थानिय शिव विहार पुस्तकालयले सिमेन्ट र वालुवा इर्टाभट्टाले ईट्टा र स्थानियवासीले स्वस्फुर्त सहयोग गरेको स्थानिय थोमस गौतमले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...