News Portal

झापामा बिपन्न गाउँलेलाई खाद्यान्न वितरण

हिमाली संचार संवाददाता
३७८ पटक
२०७७ साउन १५,बिहिवार

रामप्रसाद ढुंगेल – झापा ।  कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडी सरेको छ । बारदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका गरिब परिवारलाई ३ हजार ५ सय केजी चामल र ३ सय ५० केजी नुन वितरण गरेको स्थानीय युवा मातृका लम्सालले जानकारी दिएका छन् ।

स्थानीय समाजसेवी युवा देविन्द्रप्रसाद चम्लागाईका पिता लोकनाथ चम्लागाई ,माता डिकुरादेबी चम्लागाई, दाजुहरु प्रेमप्रसाद चम्लागाई र महेन्द प्रसाद चम्लागाईको पहलमा खाद्यान्न वितरण शुरु गरेका हुन । वितरणको पहिलो दिन वडा नम्बर १, २ र ३ का गरिबहरुलाई चामल र नुन प्रदान गरिएको छ । सम्बन्धित वडाअध्यक्षको उपस्थितिमा गरिव पहिचान गरी हरेक वडामा ५ सय केजी चामल र ५० केजी नुन वितरण पहिलो दिन वितरण गरिएको छ । यो वितरणकार्यलाई सबै वडामा पुर्‍याउने चम्लागाई परिवारले बताएको छ ।  

अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार, नेपाली व्यावसायी संघ कतारका अध्यक्ष र गैर आवासीय नेपाली संघका मानार्थ आइसीसी सदस्य महेन्द्र चम्लागाई कतारको नेपाली व्यावसायिक क्षेत्रमा उदार र सहयोगी व्याक्तित्वका रूपमा परिचित छन् । उनले यो विपत्तिको अवस्थामा आफ्नो गाउँठाउँका कोही पनि भोकै बस्नु नपरोस् भनी कतारबाट यो कार्यको लागि २ लाख रुपैयाँ पठाएका थिए । उनै महेन्द्रको प्रस्ताव, सहयोग र परिकल्पनामा आफ्नो गाउँका विपन्नहरुलाई राहत सामग्री वितरण गरिएको र यसमा समग्र चम्लागाई परिवारले साथ दिएको बताइएको छ ।  

आफ्नो गाउँको शैक्षिक, भौतिक, साँस्कृतिक विकासको लागि मात्र नभएर दैवीप्रकोप र विपत्तिहरुमा यो परिवारले विगतमा पनि दिल खोलेर सहयोग गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...