News Portal

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लकडाउन

हिमाली संचार संवाददाता
५१७ पटक
२०७७ साउन १४, बुधवार

दिलीप राई, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण विमारी हुँदैं स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिन थाले पछि आजदेखि लकडाउन गरेको छ ।

वीपीका एक जना चिकित्सकका श्रीमान् र सर्जरी विभागको वर्डामा बसेका विमारीमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमण फैलन नदिन लकडाउन गरिएको प्रतिष्ठान रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले बताएका हुन् ।

उनका अनुसार आजै विज्ञप्ति जारी गरि आवास क्षेत्रमा बिशेष केन्द्रीत गरि, ओपिडी, वार्डलगायत अस्पताल क्षेत्रमा पनि कोरोना फैलने देखिए पछि लकडाउन गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वीपी भित्रको आवास र छात्रवास प्रयोग गर्ने शिक्षक, कर्मचारी तथा तीनका परिवारलगायतका विद्यार्थीहरुलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवासबाहिर नजान निर्देशन रजिष्टार रेग्मीले सूचना जारी गरेका छन् । प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिडडुल नगर्नका लागि सुरक्षाकर्मीसमेत परिचालन गरिएको सूचनामा उल्लेख छ । सूचनामा अत्यावश्यक काममा बाहिर जानु परे पूर्व स्वीकृत लिनसमेत भनिएको छ ।

विशेष आवास क्षेत्रलाई फोकस गरि लकडाउन गरिएको प्रतिष्ठानले जनाएको छ । अकास्मिक कक्षमा उपचारका लागि आउने चिकित्सकहरुलाई सावधानी अपनाउन प्रतिष्ठानले अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...