News Portal

प्रास्ना शाक्यकाे गीत “नयाँ जन्म” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६४८ पटक

२०७७ साउन १२, मंगलबार
काठमाडौं – प्रास्ना शाक्यकाे गीत “नयाँ जन्म”काे म्यजिक भिडियाे युट्युबमा सार्वजनिक भएकाे छ।

उक्त गीत नयाँ जन्मकाे म्यजिक भिडियाेमा धेरै सम्भावना बाेकेका युवा व्यवसायी सुमिप श्रेष्ठ र माेडल सृजना येङ्गदेनकाे अभिनय रहेकाे छ।

युवा व्यवसायी तथा माेडल सुमिप श्रेष्ठ पुर्वकै चर्चित सुन्दर साउण्ड सर्भिसका म्यानेजर हुन् र अभिनयमा याे उनकाे पहिलाे कोशिस रहेकाे उनले बताए।

यस भिडियाेका निर्माता देवराज याक्खा हुन् भने भिडियाे धरानका साथै चतराकाे पर्यटकियस्थल चतरा वाटरलाइन्स एण्ड रिसार्टमा छायाँकन गरिएकाे हाे।

गीतमा पुरूषाेत्तम लामिछाने र सुगम पाेखरेलकाे शब्द र सुगम पाेखरेलकै संगित रहेकाे छ। नयाँ जन्म गीत ११ वर्ष पुरानाे प्रास्नाकाे तेश्राे एल्बममा रहेकाे गित हाे।

गीतकाे बाेल जस्तै गीतले फेरी नयाँ जन्म पाएकाे छ-प्रास्नाले भनिन्, मेराे आत्मिय साथी, नृत्य तथा फिल्म निर्देशक एवम् माेडल प्रशान्त तामाङ्गले लकडाउनकाे बेला मेराे घर धरानबाट याे सुन्दर सृजना गरेर मलाई अचम्मित पारेका छन्।

उनले सबै भिडियाे बनाउने समुहलाई धन्यवाद व्यक्त गरिन्। उक्त गीतको म्युजिक भिडियो प्रास्ना शाक्यकाे अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...