News Portal

प्रास्ना शाक्यकाे गीत “नयाँ जन्म” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६०३ पटक

२०७७ साउन १२, मंगलबार
काठमाडौं – प्रास्ना शाक्यकाे गीत “नयाँ जन्म”काे म्यजिक भिडियाे युट्युबमा सार्वजनिक भएकाे छ।

उक्त गीत नयाँ जन्मकाे म्यजिक भिडियाेमा धेरै सम्भावना बाेकेका युवा व्यवसायी सुमिप श्रेष्ठ र माेडल सृजना येङ्गदेनकाे अभिनय रहेकाे छ।

युवा व्यवसायी तथा माेडल सुमिप श्रेष्ठ पुर्वकै चर्चित सुन्दर साउण्ड सर्भिसका म्यानेजर हुन् र अभिनयमा याे उनकाे पहिलाे कोशिस रहेकाे उनले बताए।

यस भिडियाेका निर्माता देवराज याक्खा हुन् भने भिडियाे धरानका साथै चतराकाे पर्यटकियस्थल चतरा वाटरलाइन्स एण्ड रिसार्टमा छायाँकन गरिएकाे हाे।

गीतमा पुरूषाेत्तम लामिछाने र सुगम पाेखरेलकाे शब्द र सुगम पाेखरेलकै संगित रहेकाे छ। नयाँ जन्म गीत ११ वर्ष पुरानाे प्रास्नाकाे तेश्राे एल्बममा रहेकाे गित हाे।

गीतकाे बाेल जस्तै गीतले फेरी नयाँ जन्म पाएकाे छ-प्रास्नाले भनिन्, मेराे आत्मिय साथी, नृत्य तथा फिल्म निर्देशक एवम् माेडल प्रशान्त तामाङ्गले लकडाउनकाे बेला मेराे घर धरानबाट याे सुन्दर सृजना गरेर मलाई अचम्मित पारेका छन्।

उनले सबै भिडियाे बनाउने समुहलाई धन्यवाद व्यक्त गरिन्। उक्त गीतको म्युजिक भिडियो प्रास्ना शाक्यकाे अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...