News Portal

  • धरानको विजयपुर पिण्डेश्वरमा भक्तजनको भिड, कोरोनाको उच्च जोखिम

    हिमाली संचार संवाददाता
    ३८१ पटक
    २०७७ साउन १३,मंगलवार

    दिलिप राई, धरान । धरान उपमहानगरपालिका धरान भित्र रहेका साउनमा लाग्ने विजयपुरको पिण्डेश्वर बाबा धाममा लाग्ने बोलबंम मेला नलगाउने निर्णय भएको थियो । हिजो सोमबार पिण्डेश्वर मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो । मन्दिरको मुख्य प्रवेशद्वारमा कोरोना सङ्क्रमणको जोखिम यथावत कायम रहेकोले मन्दिर बन्द रहेको सूचना ठुलो फ्लेक्समा सूचना  टाँगिएको भए पनि भक्तजनको अटेरीपनले पिण्डेश्वर मन्दिरमा भक्तजनको भिड बढेको पिण्डेश्वरबाबा धाम समितिका अध्यक्ष विकास बनेपालि बताए ।

    पिण्डेश्वर मन्दिरमा धेरै टाढा टाढाबाट मानिस आउने भएकोले पिण्डेश्वर मन्दिरको भिडले धरानमा मात्रै होइन विजयपुर क्षेत्रमै जोखिम बढाएको स्थानीयको भनाइ रहेको छ  । विश्वमा महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्नका लागि इनरुवा, विराटनगर जस्ता स्थानीय पालिकाहरूले फेरि लकडाउन र अत्यावश्यक सेवा बाहेकका मानिसको भिडभाड हुने कार्यमा रोक लगाइरहेको बेलामा धरानमा अत्यन्तै ठुलो लापर्वही भइरहेको स्थानीयको बुझाई रहेको छ ।

    बोलबंम मेला नलगाउने भनेर असारको अन्तिम तिर बैठक बसेर निर्णय गरे पनि पिण्डेश्वर मन्दिर बन्द रहेको भन्ने प्रभावकारी सूचना जारी नभएकोले यस्तो भएको हो । धरान उपमहानगरपालिकाले एक दुई दिन माइकिङ गर्‍यो र प्रहरीले पनि केही नगरेको स्थानीयले बताएका छन् । कोरोना भाइरसको जोखिमका कारण यस्तो लापर्वही भयो भने भोलि नगरमा उच्च जोखिम हुने छ 

    लकडाउन खुकुलो भएसँगै धरानमा मास्क नलगाई हिडने र सरकारले तोकेको सामान्य मापदण्ड पनि पुरा नगरी बजार पसल खोली रहेको र भिडभाड बढेकोले धरानमा उच्च जोखिम रहेको छ । अझ साउने सोमबारका दिन पिण्डेश्वरमा भक्तजनहरूको भिडभाडले थप जोखिम बढेको हो । 

    पिण्डेश्वर बाबा धाममा बोलबंम मेला नलगाउने भन्ने निर्णय भएसँगै मन्दिरका अगाडीका फूलपाती बेच्ने सबै पसलहरू बन्द गर्ने निर्णय समेत भएको थियो । भक्तजन आउने भएपछि ती पसलहरू पनि खुलेका छन् । प्रहरीले निर्णयको कार्यान्वयनमा चासो बढाउँदै थप प्रहरी परिचालन गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्ड: जेन-जी पुस्ता नेकपामा बढी आकर्षित हुँदै

    काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको...

    थाइल्यान्डबाट ल्याइएको बुद्धकाे मूर्ति गंगा जमुना गाउँपालिकालाई हस्तान्तरण

    धादिङ– जिल्ला, गंगाजमुना गाउँपालिका–५ स्थित ठोट्नेपानी मन्दिर परिसरमा थाइल्यान्डबाट ल्याइएको भगवान बुद्धको मूर्ति विशेष धार्मिक...

    गृहमन्त्री अर्याल: निर्वाचनमा सुरक्षा व्यवस्था सुनिश्चित, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणमा तत्पर

    काठमाडौं, मंसिर ९ – गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले पाएको जिम्मेवारी समयमै पूरा गर्न पूर्ण रूपमा...

    रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

    विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई...

    प्रतिनिधिसभा चुनावका लागि एमाले–राप्रपाको दल दर्ता सम्पन्न

    काठमाडौं, मंसिर ९ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले...