News Portal

गेसोद्वारा सर्वाेच्चमा मुद्दा, सर्वोच्चले कारण देखाउ आदेश जारी गर्यो

हिमाली संचार संवाददाता
३९५ पटक
२०७७ साउन १३,मंगलवार

काठमाण्डौ । नेपाल सरकारले विदेशी सरकारबाट पेन्सन पाइरहेकाहरु विशेषत “गोर्खाहरु” लाई सामाजिक सुरक्षा भत्ता नदिने नेपाल सरकारको निर्णय विरुद्ध गोरखा भूतपूर्व सैनिक संघ गेसोले सर्वोच्चमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश भएको छ ।

मुद्दामाथि भएको प्रारम्भिक सुनुवाईमा सर्वोच्च अदालतले आज सो आदेश दिएको गेसोले जनाएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो आदेश दिएको हो । साथै साे मुद्दामा यही साउन १८ गते वादी र प्रतिवादी दुवै पक्षलाई अदालतमा झिकाइएको छ ।

गेसोका तर्फबाट वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विजयकान्त मैनालीले सो मुद्दामा बहस गरेका थिए । गेसोले नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट गरिएको सो व्यवस्थाबाट बेलायती, भारतीय गाेरखा सैनिक र उनीहरुको परिवार तथा सिंगापुर प्रहरीका परिवारको संवैधानिक हक हनन् भएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

सर्वोच्च अदालतबाट आदेश जारी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गेसो सभापति कृष्णकुमार राईले गोरखा भूतपूर्व सैनिकहरु माथीको भेदभाव गर्ने सो निर्णय खारेज हुनेमा आफूहरु विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।

यो पनि पढ्नुहोस।

वृद्ध गोरखा सैनिकहरुलाई नेपाल सरकारले वृद्धभत्ता नदिए आन्दोलन गर्ने : गेसो

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...