News Portal

गेसोद्वारा सर्वाेच्चमा मुद्दा, सर्वोच्चले कारण देखाउ आदेश जारी गर्यो

हिमाली संचार संवाददाता
४३५ पटक
२०७७ साउन १३,मंगलवार

काठमाण्डौ । नेपाल सरकारले विदेशी सरकारबाट पेन्सन पाइरहेकाहरु विशेषत “गोर्खाहरु” लाई सामाजिक सुरक्षा भत्ता नदिने नेपाल सरकारको निर्णय विरुद्ध गोरखा भूतपूर्व सैनिक संघ गेसोले सर्वोच्चमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश भएको छ ।

मुद्दामाथि भएको प्रारम्भिक सुनुवाईमा सर्वोच्च अदालतले आज सो आदेश दिएको गेसोले जनाएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो आदेश दिएको हो । साथै साे मुद्दामा यही साउन १८ गते वादी र प्रतिवादी दुवै पक्षलाई अदालतमा झिकाइएको छ ।

गेसोका तर्फबाट वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विजयकान्त मैनालीले सो मुद्दामा बहस गरेका थिए । गेसोले नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट गरिएको सो व्यवस्थाबाट बेलायती, भारतीय गाेरखा सैनिक र उनीहरुको परिवार तथा सिंगापुर प्रहरीका परिवारको संवैधानिक हक हनन् भएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

सर्वोच्च अदालतबाट आदेश जारी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गेसो सभापति कृष्णकुमार राईले गोरखा भूतपूर्व सैनिकहरु माथीको भेदभाव गर्ने सो निर्णय खारेज हुनेमा आफूहरु विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।

यो पनि पढ्नुहोस।

वृद्ध गोरखा सैनिकहरुलाई नेपाल सरकारले वृद्धभत्ता नदिए आन्दोलन गर्ने : गेसो

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...