News Portal

आज विहानै धरानको पालिका तरकारी बजार जल्यो

हिमाली संचार संवाददाता
४४८ पटक
२०७७ साउन १२, सोमवार

 

दिलिप राई, धरान । धरान उपमहानगरपालिका धरानको पुरानो बजार स्थित पालिका तरकारी बजारमा विहानै भिषण आगलागी भएको छ । विहान करिब ५ बजेदेखि लागेको आगोलाई धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले पूर्ण रुपमा नियन्त्रणमा लिएका छन् । 

धरानको पालिका तरकारी बजारमा भित्र रहेको ११ भन्दा बढी पसल जलेर नष्ट भएको छ । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक पसल तथा फलफुल पसलको सप्पै लाइन नै जलेर नष्ट भएको हो । विद्युत सट भएर आगलागि भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका डिएपी ज्ञानेन्द्र बस्नेतले बताए । 

आगलागीमा वसिम श्रेष्ठ, कल्पना तामाङ, रमा चौहान खतिवडा, अनिता आचार्जु, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, यामकुमार विक र लालबहादुर राईको टिनको छानो भएको पसल जलेर पुर्ण रुपमा नष्ट भएको छ । यसको थप विवरण आउन बाकी रहेको छ । आगो पूर्णरुपमा नियन्त्रण आए पनि स्थानीयका अनुसार नगरको दमकल ढिलो आएकै कारण ठूलो क्षति भएको बताएका छन् । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...