News Portal

सुनको मूल्यमा नयाँ रेकर्ड

हिमाली संचार संवाददाता
५२० पटक

२०७७ साउन ११, आइतबार
काठमाडौँ – पछिल्लो समय नेपाली बजारमा पहेँलो धातुको मूल्य निरन्तर उकालो लाग्दै गएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार डेढ महिनामा सुनको मूल्य झण्डै रु आठ हजार ४०० ले वृद्धि भएको छ। त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु २२५ ले वृद्धि भएको छ।

बन्दाबन्दीकै अवधिमा गत जेठ २५ गते महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ८७ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ८६ हजार ६९० तथा चाँदीको मूल्य प्रतितोला रु ९३५ तोकेको थियो।

कोभिड–१९ को फैलावट रोक्न सरकारले गत चैत ११ देखि बन्दाबन्दीको घोषणा गरेपछि महासङ्घले सुनचाँदीको मूल्य निर्धारण गर्न बन्द गरेको थियो।

बन्दाबन्दी केही खुकुलो भएसँगै गत जेठ २५ देखि महासङ्घले दैनिक मूल्य तोक्दै आएको छ।

महासङ्घका अनुसार आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। छापावाल र तेजाबी सुन प्रतितोला रु एक हजार ३०० ले वृद्धि भएको छ।

चाँदीको मूल्य भने सामान्य वृद्धि देखिएको छ। शुक्रबार चाँदीमा प्रतितोला रु ५ वृद्धि भएको छ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ८००, तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३६५ र चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० तोकेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताउनुभयो।

अन्तर्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्य निरन्तर उकालो लागिरहेको छ। विश्व बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ९०१ डलर पुगेको छ।

अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार भने ठप्प भएको छ। ‘नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो’, उनले भने।

तत्काल सुनको मूल्य घट्ने सङ्केत आफूले नपाएको उनले बताए। देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए। ‘अहिले सुन पसलले ‘बोहोनी’ पनि नभएको बताएका छन्’, अध्यक्ष सुनारले भने। रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...