News Portal

२१ लाख कमिशनमा सेनेटरी प्याड खरिद

हिमाली संचार संवाददाता
६१२ पटक

२०७७ साउन ९, शुक्रबार
दैलेख – विद्यालय आफैले खरिद गर्नुपर्ने सेनेटरी प्याडमा दैलेखको नारायण नगरपालिकाले आफै खरिद गरेको छ। कमिशनको खेलमा नगरपालिका शिक्षा शाखाले रारा मेडिसिन सप्लार्यस सुर्खेतबाट सुचना र कोटेशनविना विद्यालयको नाममा खरिद गरेको हो।

फ्रिज जाने भन्दै असारमसान्तमा नगरपालिकाले विद्यालयमा किशोरीहरुका लागि आवश्यक सेनेटेरी प्याड खरिदका लागि नारायण नगरपालिकाको १७ विद्यालयमा २१ लाख ७९ हजार रुपैँया जम्मा गरेको थियो। साउन लागेसंगै नारायण नगरपालिका शिक्षा शाखाले कमिशन पाउने लोभमा प्रतिस्पर्धाविनै सुर्खेतको एक सप्लायर्सबाट खरिद गरेको हो।

सामानसंगै सप्लायर्सले विद्यालयपिच्छे सेनेटरी प्याट र विलहरु पठाएपछि दैलेखका विद्यालयहरुले असहमती जनाएका हुन्। नारायण नगरपालिकाभर रहेका ६ देखी १२ कक्षासम्म पढ्ने छात्राहरुका सेनेटरी प्याड खरिदको कार्यक्रम गर्त आर्थिक वर्षमा नगरपालिकामा आएको थियो।

सेनेटरी प्याड खरिदका लागि पैसा विद्यालयको खातामा रहेपनि नगरपालिकाले सेनेटरी प्याट किनेर विद्यालयमा एक्कासी ल्याएर भुक्तानी सप्लायर्सले मागेको त्रिभुवन माध्यमिक विद्यालय दैलेख बजारमा प्रधानाध्यापक निरक तारामीले बताए। ‘विद्यालयले कोटेशन तथा सुचना निकालेर खरिद गर्ने कार्ययोजना रहेको थियो।’

प्रधानाध्यापक तारामीले भने, नगरपालिकाले सामान ल्याएको छ। अव, के गर्ने गाह्रो भयो।’ सामान विद्यालयमै पठाएर भुक्तानीका लागि विक्रेता आउने गरेको विद्यालयका एक प्रधानाध्याकले गुनासो गरे।

सामान खरिदको लागि विद्यालयको खातामा पैसा पठाईएकोले विद्यालयले नै सेनेटरी प्याड खरिद गर्नुपर्ने नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले बताए। खरिदबारे आफुहरुलाई थाहा नभएको तर, नगरपालिकाले खरिद गरेर विद्यालयमा पठाउन नमिल्ने प्रमुख प्रशासकिय अधिकृत नेपालीको भनाई छ।

सवै प्रअहरुलाई नगरपालिकामा बोलाएर शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले नगरपालिकाबाटै खरिद गरेर विद्यालयमा उपलब्ध गराउने बताएको एक प्रधानाध्यापकले नाम नछाप्ने शर्तमा बताए। मोटो कमिशनको लोभमा सवै विद्यालयको सामान नगरपालिका मार्फत किनिएको भन्दै अहिले विद्यालयहरुले विरोध गरेका छन्।

२१ लाख ७९ हजार रुपैँयामा १७ विद्यालयका लागि कम्पनीसंग आफुहरुले कुरा गरेर मगाईदिएको नारायण नगरपालिका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहीले बताए। उनले भने, ‘सजिलो होस् भनेर सामान मगाएपनि विद्यालयले किन्ने या नकिन्ने निर्णय स्वयम लिन सक्छ।’

पैसा फ्रिज हुन लागेकाले आफुहरुले कोटेशन नलिई एउटा कम्पनीबाट मगाएको शाहीले बताए। निम्न माध्यमिक विद्यालयहरुमा ४० हजारदेखी माध्यमिक विद्यालयमा १ लाख ५० हजारसम्म सेनेटरी प्याड किन्नको लागि नगरपालिकाले पैसा पठाएको थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...