News Portal

पूर्वडिआइजी कोइरालाको कैद फैसलाविरुद्ध सांसदहरुको विरोध

प्रधानन्यायधिसलाई महाअभियोग लगाउ सांसद विशाल भट्टराई, प्रधानमन्त्री ओलीलाई हटाऔँ र प्रधानन्यायाधीशलाई महाभियोग लगाऔँ : डा. बाबुराम भट्टराई

हिमाली संचार संवाददाता
६२५ पटक
२०७७ साउन ९, शुक्रवार

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीका सांसद विशाल भट्टराईले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद घटाई जेलमुक्त गर्ने गरी प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराले गरेको फैसलामा कडा टिप्पणी गरेका छन्।

सांसद भट्टराईले बिहीवार राती सामाजिक संजाल फेसबुक मार्फत अदालतप्रति पुरापुर सम्मान रहे पनि जघन्य अपराधमा सर्वोच्चले दिएको फैसलाप्रति कुनै हालतमा मानवीयता नदेखिएको बताएका हुन।

भट्टराई भनेका छन् पत्निको बिभत्स हत्या गरेर काराबास ब्यतित गरिरहेका ब्यक्तिलाई बच्चाको रेखदेखको कुतर्क र झिनो त्यान्द्रो समातेर छुटकारा दिने फैसला आपत्तिजनक रहेको बताएका हुन।

प्रधानन्यायाधिसकै इजलासबाट यस्तो फैसला आउनु न्यायालयको विश्वास र गरिमा ध्वस्त हुनु हो, भने न्यायप्रणाली र कानूनको खिल्ली उडाउनु हो भनेका छन्।

भट्टराईले यस्तो संवेदनशील प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकन भएन भने महाअभियोग लगाउन पनि तयार हुनुपर्ने बताउनु पर्ने समेत बताएका हु।

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि सोही विरुद्धको विरोध गर्दै अलिक फरक मत दिएका छन्  संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउनु पर्ने धारणा राखेका छन्।

ट्वीटरमा पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री बनाउन भनेका छन्।

त्यस्तै, उनले महान्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियाेग लगाउन प्रस्ताव गरेका छन्। यसका साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव गरेका छन्।

श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला डा.बाबुरामले पनि यस्तो भनाइ सार्वजनिक गरेका हुन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...