News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गाउँपालिका अध्यक्षको कमिसन धन्दा

    हिमाली संचार संवाददाता
    ४३९ पटक

    २०७७ साउन ९, शुक्रबार
    पुष्पराज भट्टराई
    कालिकोट – जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले जागिर लगाईदिने भन्दै एक लाख घुस लिएका छन्।

    गाउँपालिकाको अध्यक्ष चौलागाईंले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्तरर्गत फिल्ड सहायक पदमा जागिर मिलाई दिन्छु भन्दै एक लाख घुस लिएको समाचार इ-कर्णालीपाटीले समाचार प्रकाशित गरेको छ।

    तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष चौलागाईले स्थानीय भुपेन्द्र तिमिल्सेनाबाट १ लाख रुपैयाँ घुस लिएका हुन्। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले विभिन्न स्थानीय तहमा ठुलो संख्यामा कर्मचारी माग गरेको थियो।

    फिल्ड साहायक पदमा नाम निकाल्छु भन्दै रकम उठाउने गरेका हुन्। यता गाउँपालिका अध्यक्ष चौलागाईले एक लाख सापटी लिएको बताएका छन्।

    नाम निकाल्न सकस भएपछि एक लाख फिर्ता दिने मौखिक सहमति भएको छ। एक लाख बरावरको घुस दिनेले व्याज मागेपछि ब्याज नदिएरै रकम फिर्ता गर्ने सुरमा अध्यक्ष चौलागाई छन्।

    फिल्ड सहायकका लागि शुभकालिका गाउँपालिकाका २ जना अन्तरर्वाताका लागि छनोटमा परेका थिए। भुपेन्द्र तिमिल्सेना र गोविचन्द्र तिमिल्सेना, अन्तरवार्ताका लागि छनोटमा परेपछि आफ्नो नाम निकाल्नका लागि १ लाख घुस दिएका भुपेन्द्रको नाम सफल नभएपछि अध्यक्ष चौलागाईसँगको फोन रेकर्ड बाहिरीएको थियो।

    फोन रेकडमा आफुले १ लाख लिएको तर, नाम ननिक्लेपछि फिर्ता गर्ने अध्यक्ष चौलागाईले बताएका छन्। यता भुपेन्द्र तिमिल्सेनाले आफूले गाउँपालिका अध्यक्षलाई घुस भनेर एक लाख नदिएको बताएका छन्। तर, उनले फोन रेकडमा भने आफुले नाम निकाल्दिने भन्दै रकम दिएको बताएका हुन्।

    उनको यी दुई वटै रेकड सुन्ने हो भने एक लाखभन्दा धेरै अन्यबाट आर्थिक चलखेल भएको अनुमानगर्न सकिन्छ। गाउँपालिका अध्यक्षको यो हर्कतले नेकपा शुभकालिकाका स्थानीय नेता आक्रोसित बनेका छन्।

    सरकारको कानुन तोड्ने चौलागाइलार्ई पार्टीबाट पनि निलम्वन गरिनुपर्ने चौतर्फी आवाज उठेको छ। यस्तै अन्य योजनामा पनि कमिसन उठाउने गरेको स्रोतले बताएको छ। उनले पैसाँको वार्गेनिङ गरेका अन्य प्रमाण पनि भेटिएको छ।

    प्रतिकृया दिनुहोस्

    राजतन्त्रप्रति कांग्रेसको स्पष्ट अडान : ‘विगतले धोका दियो, अब त्यही बाटो फर्किन्नौं’

    काठमाडौं, जेठ १९ – सत्तारूढ नेपाली कांग्रेसले राजसंस्थाप्रति कुनैपनि मोह नरहेको प्रष्ट पार्दै, राजतन्त्र पुनर्स्थापना...

    काठमाडौं उपत्यकामा सवारी ठप्प, सर्वसाधारणका लागि प्रहरीले चलायो बस

    काठमाडौं, जेठ १९ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले सोमबार...

    आज राजावादी समूहको प्रदर्शन स्थगित, कमलादीमा दीप प्रज्वलन कार्यक्रम

    काठमाडौं, जेठ १९ – राजसंस्थाको समर्थनमा सक्रिय संयुक्त जनआन्दोलन समितिले आजको लागि तय गरिएको प्रदर्शन...

    मनपरी भाडाले थिचियो यात्रु: सवारी बन्दको मौका छोपेर राइड सेयरिङमा दोहन

    काठमाडौं, जेठ १९ – सार्वजनिक सवारी साधन बन्द हुँदा यात्रुहरु वैकल्पिक माध्यम रोज्न बाध्य छन्।...

    आजको राशिफल

    आज जेठ १९, २०८२ (जुन २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...