News Portal

गाउँपालिका अध्यक्षको कमिसन धन्दा

हिमाली संचार संवाददाता
५५८ पटक

२०७७ साउन ९, शुक्रबार
पुष्पराज भट्टराई
कालिकोट – जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले जागिर लगाईदिने भन्दै एक लाख घुस लिएका छन्।

गाउँपालिकाको अध्यक्ष चौलागाईंले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्तरर्गत फिल्ड सहायक पदमा जागिर मिलाई दिन्छु भन्दै एक लाख घुस लिएको समाचार इ-कर्णालीपाटीले समाचार प्रकाशित गरेको छ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष चौलागाईले स्थानीय भुपेन्द्र तिमिल्सेनाबाट १ लाख रुपैयाँ घुस लिएका हुन्। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले विभिन्न स्थानीय तहमा ठुलो संख्यामा कर्मचारी माग गरेको थियो।

फिल्ड साहायक पदमा नाम निकाल्छु भन्दै रकम उठाउने गरेका हुन्। यता गाउँपालिका अध्यक्ष चौलागाईले एक लाख सापटी लिएको बताएका छन्।

नाम निकाल्न सकस भएपछि एक लाख फिर्ता दिने मौखिक सहमति भएको छ। एक लाख बरावरको घुस दिनेले व्याज मागेपछि ब्याज नदिएरै रकम फिर्ता गर्ने सुरमा अध्यक्ष चौलागाई छन्।

फिल्ड सहायकका लागि शुभकालिका गाउँपालिकाका २ जना अन्तरर्वाताका लागि छनोटमा परेका थिए। भुपेन्द्र तिमिल्सेना र गोविचन्द्र तिमिल्सेना, अन्तरवार्ताका लागि छनोटमा परेपछि आफ्नो नाम निकाल्नका लागि १ लाख घुस दिएका भुपेन्द्रको नाम सफल नभएपछि अध्यक्ष चौलागाईसँगको फोन रेकर्ड बाहिरीएको थियो।

फोन रेकडमा आफुले १ लाख लिएको तर, नाम ननिक्लेपछि फिर्ता गर्ने अध्यक्ष चौलागाईले बताएका छन्। यता भुपेन्द्र तिमिल्सेनाले आफूले गाउँपालिका अध्यक्षलाई घुस भनेर एक लाख नदिएको बताएका छन्। तर, उनले फोन रेकडमा भने आफुले नाम निकाल्दिने भन्दै रकम दिएको बताएका हुन्।

उनको यी दुई वटै रेकड सुन्ने हो भने एक लाखभन्दा धेरै अन्यबाट आर्थिक चलखेल भएको अनुमानगर्न सकिन्छ। गाउँपालिका अध्यक्षको यो हर्कतले नेकपा शुभकालिकाका स्थानीय नेता आक्रोसित बनेका छन्।

सरकारको कानुन तोड्ने चौलागाइलार्ई पार्टीबाट पनि निलम्वन गरिनुपर्ने चौतर्फी आवाज उठेको छ। यस्तै अन्य योजनामा पनि कमिसन उठाउने गरेको स्रोतले बताएको छ। उनले पैसाँको वार्गेनिङ गरेका अन्य प्रमाण पनि भेटिएको छ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...