News Portal

चौकी इन्चार्जसमेतलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश

हिमाली संचार संवाददाता
७४८ पटक

२०७७ साउन ७, बुधबार
सुर्खेत – पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ।

सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत २७ वर्षीय प्रहरी जवान नरेन्द्र खड्का बैशाख २९ गते चौकीदेखि ७ सय मिटर टाढा मृत भेटिएका थिए।

प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मानबहादुर आलेले प्रयोग गर्ने पेस्तोलसहित उनी मृत फेला परेका थिए। उनको दायाँ कन्चडमा गोली लागेको थियो।

प्रहरी चौकीले ‘आत्महत्या’ भनेपनि मृतकका आफन्तहरुले कुटपिटपछि गोली हानेर सहकर्मीबाटै हत्या गरिएको आरोप लगाउँदै आएका छन्।

मृतकका दाजु यामबहादुर खड्काले साउन २ गते चौकी इन्चार्ज आले, हवल्दार रेशम विक, प्रहरी जवानहरु शुक्रराज अधिकारी र विनोद शाहीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) अन्तर्गत किटानी जाहेरी दिएका थिए।

प्रहरी कार्यालयले उक्त जाहेरी लिन नमानेपछि पीडित परिवारले जिल्ला सरकारी वकील कार्यालयमा निवेदन दिएका थिए।

‘निवेदकको जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयका नाममा आदेश दिएका छौं,’ सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता आरती चपाईले भनिन्, ‘निवेदकको माग अनुसार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया सुरु गर्नुपर्छ।

मृतकका दाई यामबहादुरले अघिल्लो दिन हराएको भन्दै भोलिपल्ट मात्रै परिवारलाई चौकीले जानकारी दिएको बताए।

जानकारी पाउनेबित्तिकै खोज्ने क्रममा चौकी नजिकै शव भेटायौं, उनले भने, चौकीले हराएको १ दिनपछि जानकारी दिनु र नजिकै शव भेटिनुले भाईले आत्महत्या गरेको नभई कर्तव्य गरी हत्या गरिएको हाम्रो ठहर छ।

उनका अनुसार प्रहरी जवानको ऐंसेलुको झाङमुनि सुतेको अवस्थामा दाहिने हातमा पेस्तोल थियो। ढाडमा निलडाम हुनुका साथै बायाँ छातीमा सानो र दायाँ छातीमा ठूलो प्वाल रहेको पीडितका दाजुले बताए।

‘घटनास्थलमा हिलो नभए पनि जिउमा भने हिलो लागेको थियो,’ उनले भने, ‘आत्महत्या गरेको मान्छेको हातमा पेस्तोल कसरी रहन सक्छ ?

जाहेरीका शव भेटिएको अघिल्लो राति चौकीमा भाले काटेर चौकीका इन्चार्जसहित पाँचै जनाले रक्सी–मासु खाएको उल्लेख छ। राति करिब १० बजे पेस्तोल पड्केको आवाज स्थानीयबासीले सुनेको र घटनास्थल र लासको प्रकृति हेर्दा चौकी परिसरभित्रै गोली हानी हत्या गरेको जाहेरीमा उल्लेख छ।

घटनास्थलमा गएर हेर्दा भाईको पिठ्युभरी, कुममा निलडाम देखिनु, प्रसनी आलेको साथमा हुने पेस्तोल भाईको हातले समातेको भेटिनु, घटनास्थलमा गोलीको खोका नभेटिनु, छटपटाउँदा खोस्रीएको कुनै चिन्ह नदेखिनु, ड्युटीमा रहेको भनिएको भाई सादा पोशाकमा चप्पलसहित मृत फेला पर्नुले चौकीभित्रै मारेर उक्त घटनास्थलमा लिई राखेको देखिन्छ, मृतकका दाईले प्रहरी कार्यालयमा दिएको जाहेरीमा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १७७ नम्वर बमोजिम अन्यायीहरुलाई पक्राउ गरी कारवाही गरिपाउँ।

सरकारी वकील कार्यालयको आदेशपछि जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ताको विषयमा परामर्श गरिरहेको जनाएको छ। सरकारी वकील कार्यालयले मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको छ, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने, हामी अनुसन्धान प्रक्रियामै छौं।

सरकारी वकील कार्यालयले मंगलबार पीडितको जाहेरी दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएपनि बुधबारसम्म प्रहरीले जाहेरी दर्ता गराएको छैन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रहरी जवान खड्काको मृत्युबारे एसएसपी राजेश बास्तोलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। छानविन समितिले आफ्नो प्रतिवेदन बुझाएपनि त्यसलाई सार्वजनिक गरिएको छैन।

छानविन समितिका संयोजक बास्तोलाले आन्तरिक छानविन भएकाले सार्वजनिक नगरिएको बताए। चौकीमा कार्यरत इन्चार्जसहित अन्यको गल्ती अनुसारको सजाय सिफारिस गरेका छौं, उनले भने, आन्तरिक छानविन समिति भएकाले सबै कुरा भन्न मिल्दैन। यो खबर नगेन्द्र उपाध्यायले नागरिकमा लेखेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...