News Portal

धरानको वीपी कोइराला प्रतिष्ठानमा उपचारत थप एक संक्रमितको मृत्यु

हिमाली संचार संवाददाता
४२० पटक
२०७७ साउन ७,बुधवार

दिलिप राई, धरान । वीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनी चार दिन अघि उच्च ज्वरो र खोकी लागेका प्रतिष्ठान धरानको इमरजेन्सी कक्षमा उपचारका लागि ल्याइएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

उनी उपचारमा ल्याउदै गम्भीर बिरामी भएकोले आइसियुमा राखेर उपचार गरिँदै आएकोमा उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानले आइसोलेसन कक्षको आइसियुमा भर्ना गरेको थियो । आइसियु कक्षमा उपचार गर्दा गर्दै साँझ उनको मृत्यु भएको प्रवक्ता सापकोटाले बताए ।

प्रवक्ता सापकोटाका अनुसार उनलाई पछिल्लो समय उनको स्वास्थ्यमा प्रतिकुल समस्या देखिएसँगै मिर्गौलाले समेत काम नगरेकोले डाईलेसिस पनि गर्नुपरेको थियो भने पुरै निमोनिया देखिएको थियो ।

मृतक प्रदेश २ भएकाले उनलाई पठाउन प्रदेश २ सरकारसँग समन्वय भइरहेको जानकारी दिए । यो सँगै प्रतिष्ठानमा उपचारका लागि आएका कोरोना संक्रमित मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । यस अघि राजविराजका एक जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...