News Portal

अस्पतालको सैयामा छटपटाईरहेका छन प्रहरीको कुटाइबाट हात भाँचिएका युवा

हिमाली संचार संवाददाता
५५५ पटक

२०७७ साउन ६, मंगलबार
सुर्खेत – सुर्खेतका एक कोरोना संक्रमित उपचार नपाएपछि अस्पतालमा छट्पटाइरहेका छन्। प्रहरीको कुटाइबाट हात भाँचिएका उनको उपचार हुन सकेको छैन। एक हप्ता वितिसक्दा पनि सिम्ता गाउँपालिका–८ का ३५ वर्षिय ति युवाले उपचार पाउन सकेका छैनन्।

असार २९ गते उनको हात भाँचिएको हो। प्रहरीको कुटाइबाट हात भाँचिएको हाप्ता दिनदेखि नै उनी उपचारको लागि भौत्तारिरहेका छन्। हातको उपचारका लागि सुर्खेत र नेपालञ्जका तीन वटा अस्पताल धाउँदा पनि उनले उपचार पाउन सकेका छैनन्।

प्रहरीले हात भाँचेकै दिन उपचार गर्न लैजाऊ भनेको थिएँ, तर घटना भएको पाँच दिनपछि मात्रै मलाई अस्पतालको गेटमा पुर्याए’ पीडित युवाले भने, ‘तीन वटा अस्पतालमा धाएँ, तर डाक्टरले उपचार नै गरेनन्।

असार २९ गते हात भाँचिए पनि उनलाई साउन २ गतेमात्रै प्रदेश अस्पताल कालागाउँमा पुर्याइएको थियो। त्यहाँ पनि सुरुमा कोरोना संक्रमित भन्दै उपचारमा आनाकानी गरियो।

बल्तल्ल प्रदेश अस्पतालले हातको एक्सरे गर्यो तर उनको उपचार गरिएन। बरु यहाँ सम्भव नहुने भन्दै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज (शिक्षण अस्पताल) कोहलपुर रिफर गरियो। संक्रमित भएकै कारण आफ्नो उपचारमा अस्पतालहरुले आनाकानी गरेको हुन सक्ने पीडितको भनाइ छ।

कोहलपुरमा पुगे पनि तीन दिनदेखि उनको उपचार भएको छैन। प्रदेश अस्पतालले भने संक्रमितको उपचारका लागि आवश्यक उपकरणहरु नहुँदा नेपालगञ्ज रिफर गर्नुपरेको जनाएको छ।

हाल उनी नेपालगञ्ज शिक्षण अस्पताल कोलहपुरको आइसोलेसनमा छन्। प्रदेश अस्पताल सुर्खेतले कोरोना संक्रमितको लागि आवश्यक अप्रेशन थ्रिएटर नभएका कारण बिरामीलाई रिफर गर्नु परेको दाबी गरेको छ।

‘कोरोना संक्रमितको अप्रेशन गर्नु नर्मलकेस होईन, संक्रमितको अप्रेशनका लागि छुट्टै अप्रेशन थिएटर चाहिन्छ, तर त्यो प्रदेश अस्पतालमा छैन’ प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.डम्वर खड्काले भने, ‘सुर्खेतमा उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेजसँग समन्वय गरेर बिरामीलाई कोहलपुर रिफर गरेका हौँ।

कोरोना संक्रतिको अप्रेशनका लागि लेभट थ्रिको अस्पताल हुनुपर्ने उनको भनाइ छ। ‘प्रदेश अस्पताल लेभल टु हो, तर लेभल थ्रीको अस्पतालमा मात्रै कोरोना संक्रमितको अप्रेशन गर्न सकिन्छ’ उनले भने, ‘नेपालगञ्ज मेडिकल कलेजले अप्रेशन गर्छौँ भनेपछि विरामीलाई त्यहाँ रिफर गरिएको हो, तर हामी उपचारबाट पन्छिएका होइनौँ।

अस्पतालले बिरामीको उपचार गर्न चाहे पनि आवश्यक पूर्वाधारको अभावमा संक्रमितको अप्रेशन सम्भव नभएको उनको तर्क छ। ‘जनशक्ति मात्रै भएर हुँदैन, उपचारका लागि त्यही अनुसारको आवश्यक पूर्वाधार चाहिन्छ’ उनले भने, ‘एउटा बिरामीका लागि जोखिम मोल्ने, तर भोलि अस्पताल बन्द गरेर हजारौ बिरामीलाई उपचारबाट बन्चित गराउन चाहेनौं।

भोली अप्रेशन हुन्छ’

नेपालगन्ज मेडिकल कलेज (शिक्षण अस्पताल) कोहलपुरले पीडित युवाको भोली बुधबार मात्रै अप्रेशन हुने जनाएको छ।

बिरामीको अहिले कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ। अब बुधबार अप्रेशन गर्छाैँ, अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले भने, ‘अप्रेशनको पालो कुर्नेगरी वार्डमा भर्ना गरिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...