News Portal

  • अस्पतालको सैयामा छटपटाईरहेका छन प्रहरीको कुटाइबाट हात भाँचिएका युवा

    हिमाली संचार संवाददाता
    ४५५ पटक

    २०७७ साउन ६, मंगलबार
    सुर्खेत – सुर्खेतका एक कोरोना संक्रमित उपचार नपाएपछि अस्पतालमा छट्पटाइरहेका छन्। प्रहरीको कुटाइबाट हात भाँचिएका उनको उपचार हुन सकेको छैन। एक हप्ता वितिसक्दा पनि सिम्ता गाउँपालिका–८ का ३५ वर्षिय ति युवाले उपचार पाउन सकेका छैनन्।

    असार २९ गते उनको हात भाँचिएको हो। प्रहरीको कुटाइबाट हात भाँचिएको हाप्ता दिनदेखि नै उनी उपचारको लागि भौत्तारिरहेका छन्। हातको उपचारका लागि सुर्खेत र नेपालञ्जका तीन वटा अस्पताल धाउँदा पनि उनले उपचार पाउन सकेका छैनन्।

    प्रहरीले हात भाँचेकै दिन उपचार गर्न लैजाऊ भनेको थिएँ, तर घटना भएको पाँच दिनपछि मात्रै मलाई अस्पतालको गेटमा पुर्याए’ पीडित युवाले भने, ‘तीन वटा अस्पतालमा धाएँ, तर डाक्टरले उपचार नै गरेनन्।

    असार २९ गते हात भाँचिए पनि उनलाई साउन २ गतेमात्रै प्रदेश अस्पताल कालागाउँमा पुर्याइएको थियो। त्यहाँ पनि सुरुमा कोरोना संक्रमित भन्दै उपचारमा आनाकानी गरियो।

    बल्तल्ल प्रदेश अस्पतालले हातको एक्सरे गर्यो तर उनको उपचार गरिएन। बरु यहाँ सम्भव नहुने भन्दै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज (शिक्षण अस्पताल) कोहलपुर रिफर गरियो। संक्रमित भएकै कारण आफ्नो उपचारमा अस्पतालहरुले आनाकानी गरेको हुन सक्ने पीडितको भनाइ छ।

    कोहलपुरमा पुगे पनि तीन दिनदेखि उनको उपचार भएको छैन। प्रदेश अस्पतालले भने संक्रमितको उपचारका लागि आवश्यक उपकरणहरु नहुँदा नेपालगञ्ज रिफर गर्नुपरेको जनाएको छ।

    हाल उनी नेपालगञ्ज शिक्षण अस्पताल कोलहपुरको आइसोलेसनमा छन्। प्रदेश अस्पताल सुर्खेतले कोरोना संक्रमितको लागि आवश्यक अप्रेशन थ्रिएटर नभएका कारण बिरामीलाई रिफर गर्नु परेको दाबी गरेको छ।

    ‘कोरोना संक्रमितको अप्रेशन गर्नु नर्मलकेस होईन, संक्रमितको अप्रेशनका लागि छुट्टै अप्रेशन थिएटर चाहिन्छ, तर त्यो प्रदेश अस्पतालमा छैन’ प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.डम्वर खड्काले भने, ‘सुर्खेतमा उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेजसँग समन्वय गरेर बिरामीलाई कोहलपुर रिफर गरेका हौँ।

    कोरोना संक्रतिको अप्रेशनका लागि लेभट थ्रिको अस्पताल हुनुपर्ने उनको भनाइ छ। ‘प्रदेश अस्पताल लेभल टु हो, तर लेभल थ्रीको अस्पतालमा मात्रै कोरोना संक्रमितको अप्रेशन गर्न सकिन्छ’ उनले भने, ‘नेपालगञ्ज मेडिकल कलेजले अप्रेशन गर्छौँ भनेपछि विरामीलाई त्यहाँ रिफर गरिएको हो, तर हामी उपचारबाट पन्छिएका होइनौँ।

    अस्पतालले बिरामीको उपचार गर्न चाहे पनि आवश्यक पूर्वाधारको अभावमा संक्रमितको अप्रेशन सम्भव नभएको उनको तर्क छ। ‘जनशक्ति मात्रै भएर हुँदैन, उपचारका लागि त्यही अनुसारको आवश्यक पूर्वाधार चाहिन्छ’ उनले भने, ‘एउटा बिरामीका लागि जोखिम मोल्ने, तर भोलि अस्पताल बन्द गरेर हजारौ बिरामीलाई उपचारबाट बन्चित गराउन चाहेनौं।

    भोली अप्रेशन हुन्छ’

    नेपालगन्ज मेडिकल कलेज (शिक्षण अस्पताल) कोहलपुरले पीडित युवाको भोली बुधबार मात्रै अप्रेशन हुने जनाएको छ।

    बिरामीको अहिले कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ। अब बुधबार अप्रेशन गर्छाैँ, अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले भने, ‘अप्रेशनको पालो कुर्नेगरी वार्डमा भर्ना गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अधिनायकवादको कुरा गर्नेहरूले इतिहास बिर्सिएजस्तो लाग्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिवेशलाई अधिनायकवादको संज्ञा दिनेलाई विगतका...

    विद्या भण्डारीको सक्रियता र अध्यक्ष पदप्रतिको आकांक्षापछि एमालेको निर्णयः अध्यक्ष ओलीको प्रष्ट भनाइ

    काठमाडौं, साउन ११ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष पदमा चासो देखाएपछि पार्टीभित्र हलचल...

    एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

    काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको...

    चितवनमा लोडसेडिङ होइन, मर्मत कार्यका कारण अस्थायी विद्युत् अवरोध : प्राधिकरण

    काठमाडौं, साउन ११ – चितवन जिल्लामा लोडसेडिङ सुरु भएको भन्ने चर्चाबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...

    माछापोखरीमा महिलाको सुनको सिक्री लुटपाट गर्ने दुई जना समातिए, घटनास्थलबाटै पक्राउ

    काठमाडौं, साउन ११ – शनिबार साँझ राजधानीको व्यस्त क्षेत्र माछापोखरीमा एक महिलाको गलाबाट सुनको सिक्री...