आज : २०२६-०६-१४, आइतबार

बशन्त थापाको तीज गीत गण्डकी बग्यो सलीसली सार्वजनिक (भिडियो सहित)

२०७७ साउन ६, मंगलबार
काठमाडौँ – चर्चित गीतकार तथा सर्जक बसन्त थापा, सर्जक प्रल्लाद सुबेदी र निर्देशक सुनिल क्षेत्रिको सहकार्यमा मोडल तीज गीत ‘गण्डकी बग्यो सलीसली…’ बजारमा सार्बजनिक भएको छ।

गायिका मीना निरौलाको सुमधुर आवाजमा सार्बजनिक भएको गीतको शब्द प्रल्लाद सुबेदीले लेखेका हुन्।

सुबेदीको शब्द टपक्क टिपेर गीतकार तथा सर्जक बसन्त थापाले गीतको संगीत गरेका छन्। गीतको संगीत संयोजन आशिष अविरलले हरेका हुन् ।

जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको उक्त गीतको भिडियोमा मोडल अन्जली अधिकारीलाई देख्न सकिन्छ।

चर्चित निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन्।

भाबगंगा डिजिटल प्रालि म्युजिक कम्पनिले सार्बजनिक गरेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।