News Portal

अविरल बर्षाका कारण बढी पहिरो तेह्रथुममा एक महिलालाई खोलाले बगायो, धनकुटामा ५ घर विस्थापित

पुर्वाञ्चलभर बाढी पहिरो एक महिलाको मृत्यु, ठुलो धनजनको क्षति

हिमाली संचार संवाददाता
४४८ पटक
२०७७ साउन ६, मंगलवार

दिलिप राई, धरान । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. ९ बस्ने ३६ वर्षीय अन्जना लिम्बु माइत जाने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको छ, भने श्रीमानको जिल्ला अस्पताल तेह्रथुममा उपचार भइ रहेको छ । 

सोमबार दिउसो १२ बजे जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माइती घर तर्फ जाने क्रममा ढाडे खोला तर्दै गर्दा अन्जनालाई खालाले बगाई बेपत्ता बनाएको थियो ।  बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा दिउसो सवा ३ बजे करिब १ किलोमिटर तल खोलाको बिचमा एउटा सानो रुखमा अल्झिएको अवस्थामा अन्जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । उनका श्रीमान् भने खोलाबाट निस्कन सफल भएका थिए । जिल्ला अस्पताल तेह्रथुममा उनको उपचार भइ रहेको छ । 

पुर्वाञ्लका धनकुटा जिल्लामा पहिरोले ५ घर विस्थापित भएका छन् । वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका १ हिलेका २ घर विस्थापित भएका हुन । पहिरोका कारण धनकुटा १ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिएका छन् । पहिरोका कारण महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका दीपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वज राईको परिवारलाई सुरक्षित स्थानान्तर गरिएको छ। 

यस्तै, साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जुवा खोलामा आएको बाढीले दुवै खोलाको सङ्गम स्थलमा रहेको ९ घरपरिवारको बस्ती उच्च जोखिममा रहेको छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गरेपछि बस्ती जोखिममा परेको हो । खोलामा पानीको बहाव बढिरहेकोले त्रास पनि बढेको स्थानीय यामबहादुर राईले बताए । गर्जुवा खोलामा माटो सहित आएको बाढीले धरान–धनकुटा कोसी राजमार्ग समेत पटक पटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले जानकारी दिएकी छिन् ।

पानी पर्ने बित्तिकै गर्जुवाको सिरमा पहिलो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको छ । सोमबार दिउँसो खोलामा आएको बाढीले धरानबाट धनकुटा जाँदै गरेको धनकुटा नगरपालिकाको को १ झ ५८४ नम्बरको गाडीलाई आधा भाग पुरेको थियो । सडक डिभिजन कार्यालयले बाटोको पहिरो पन्छाउन परिचालन गरेको डोजरको सहायताले गाडी निकालिएको गाडीमा सवार धनकुटा नगरपालिकाका कार्यक्रम संयोजक सिताराम गौतमले बताए । 

अविरल बर्षाका कारण पहिरोले छिन् छिनमै बाटो अवरुद्ध भइरहने र डोजरले खुलाउने काम भइरहेको छ । देशभर अविरल वर्षाका कारण बाढी र पहिरोले क्षति पुर्‍याएको समाचार आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...