News Portal

चेक बाउन्स प्रकरण धरानबाट एक युवा पक्राउ, नक्खु कारागार चलान

हिमाली संचार संवाददाता
४८३ पटक
२०७७ साउन ५,सोमवार

दिलिप राई, धरान । धरान उपमहानगरपालिका धरान वडा नं. १६ मा बस्दै आएका झापाका एक युवा चेक बाउन्स प्रकरणमा धरान प्रहरीले पक्राउ गरेका युवा नक्खु कारागार चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतले २०७६ चैत ७ गते गरकेो फैसला अनुसार धरान १६ मा बस्दै आएका धरानका प्रकाश सम्बाहाम्फे पक्राउ परि जेल चलान भएका हुन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले हिजो पक्राउ गरेर कैद भुक्तानीको लागि नक्खु कारागार पठाइएको हो। प्रहरीका अनुसार काजलदिप राणाले प्रकाशविरुद्ध चेक अनादार (बिगो) मुद्दा हालेका थिए । उक्त मुद्दामा अदालतले २ बर्ष कैद ठहर गरेको थियो ।

धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पक्राउ गरेर ललितपुर पठायौं, प्रहरीले अदालतमा उपस्थित गराएर नक्खु कारागार पनि पठाइसक्यो । धरान प्रहरीले सम्बाहाम्फेलाई धरान १६ बाट नै पक्राउ गरेको थियो । प्रहरीका अनुसार सम्बाहाम्फे र राणाबीच जग्गा सम्बन्धी लेनदेन रहेको थियो । त्यसैमा उनले ३० लाखको चेक राणालाई दिएको तर चेक बाउन्स भएपछि राणाले अदालतमा मुद्दा हालेका थिए । सम्बाहाम्फेको खास घर झापाको गौरादह नगरपालिका वडा नं. ६ घर भए पनि धरान १६ मा अभिभावक तथा परिवारसँग बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...