News Portal

चेक बाउन्स प्रकरण धरानबाट एक युवा पक्राउ, नक्खु कारागार चलान

हिमाली संचार संवाददाता
५२६ पटक
२०७७ साउन ५,सोमवार

दिलिप राई, धरान । धरान उपमहानगरपालिका धरान वडा नं. १६ मा बस्दै आएका झापाका एक युवा चेक बाउन्स प्रकरणमा धरान प्रहरीले पक्राउ गरेका युवा नक्खु कारागार चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतले २०७६ चैत ७ गते गरकेो फैसला अनुसार धरान १६ मा बस्दै आएका धरानका प्रकाश सम्बाहाम्फे पक्राउ परि जेल चलान भएका हुन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले हिजो पक्राउ गरेर कैद भुक्तानीको लागि नक्खु कारागार पठाइएको हो। प्रहरीका अनुसार काजलदिप राणाले प्रकाशविरुद्ध चेक अनादार (बिगो) मुद्दा हालेका थिए । उक्त मुद्दामा अदालतले २ बर्ष कैद ठहर गरेको थियो ।

धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पक्राउ गरेर ललितपुर पठायौं, प्रहरीले अदालतमा उपस्थित गराएर नक्खु कारागार पनि पठाइसक्यो । धरान प्रहरीले सम्बाहाम्फेलाई धरान १६ बाट नै पक्राउ गरेको थियो । प्रहरीका अनुसार सम्बाहाम्फे र राणाबीच जग्गा सम्बन्धी लेनदेन रहेको थियो । त्यसैमा उनले ३० लाखको चेक राणालाई दिएको तर चेक बाउन्स भएपछि राणाले अदालतमा मुद्दा हालेका थिए । सम्बाहाम्फेको खास घर झापाको गौरादह नगरपालिका वडा नं. ६ घर भए पनि धरान १६ मा अभिभावक तथा परिवारसँग बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...