News Portal

  • खोटाङ जिल्लाका खर, फुसका छानो विस्तापित गर्ने, २ हजार ३ सय ८८ घरका लागि जस्तापाता लगाउने

    हिमाली संचार संवाददाता
    ३९३ पटक
    २०७७ साउन ५, सोमवार

    भिम राई, खोटाङ । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यस वर्ष खोटाङ जिल्लाका २ हजार ३ सय ८८ घरधुरीका खर, फुसका छाना विस्तापित गरेर नया जस्तापाता लगाउने कार्यक्रम रहेको छ।

    शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका २ हजार ३ सय ८८ घरधुरीमा खर वा फुसको छाना विस्थापित गरेर जस्तापाताको छाना लगाउने भएको हो । शहरी विकास मन्त्रालयले जारी गरेको सूचना अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३४८, हलेसी तुवाचुङ नगरपालिकाका ३४३, ऐंसेलुखर्क गाउँपालिकाका २३१, रावाबेँसी गाउँपालिकाका २०६, जन्तेढुङ्गा गाउँपालिकाका २२०, खोटेहाङ गाउँपालिकाका २८०, केपिलासगढी गाउँपालिकाका २११, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका २०३, बराहपोखरी गाउँपालिकाका १९६ र साकेला गाउँपालिकाका १५० घरधुरीमा जस्तापाता लगाउने कार्यक्रम रहेको छ ।

    जिल्लामा गत वर्षदेखि लागू भएको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २५ घरका लागि जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो । करिब १५ वडा रहेको सो नगरपालिकामा नगरपालिकाको तर्फबाट २० घर थप गरेर ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि रकम विनियोजन भएको थियो ।

    दुई वर्षभित्र खरको छानामुक्त बनाउने कार्यक्रम रहेको नगरपालिकामा करिब ९ सय घर गरिब परिवार रहेको नगरप्रमुख दीपनारायण रिजालले बताएका छन्  । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सरकारले तीन वर्षभित्र देशभर खरको छानामुक्त गर्ने लक्ष्य लिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘अति विपन्न, असहाय, अशक्त, वृद्धवृद्धा, अनाथ बालबालिका, एकल महिला बसोबास गरेका घरलाई पहिलो प्राथमिकता दिइएको कार्यक्रम अन्तर्गत’, उनले भने, ‘तीन वर्षभित्र जिल्लाका सबै घरबाट खर वा फुसको छाना हटाएर जस्तापाता लगाइने छ ।’

    जिल्लाका २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४२ हजार घरधुरी रहेको शहरी विकास मन्त्रालयमा उपलब्ध तथ्याक अनुसार खोटाङ जिल्लामा करिब २३ हजार खरको छाना रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्ड: जेन-जी पुस्ता नेकपामा बढी आकर्षित हुँदै

    काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको...

    थाइल्यान्डबाट ल्याइएको बुद्धकाे मूर्ति गंगा जमुना गाउँपालिकालाई हस्तान्तरण

    धादिङ– जिल्ला, गंगाजमुना गाउँपालिका–५ स्थित ठोट्नेपानी मन्दिर परिसरमा थाइल्यान्डबाट ल्याइएको भगवान बुद्धको मूर्ति विशेष धार्मिक...

    गृहमन्त्री अर्याल: निर्वाचनमा सुरक्षा व्यवस्था सुनिश्चित, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणमा तत्पर

    काठमाडौं, मंसिर ९ – गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले पाएको जिम्मेवारी समयमै पूरा गर्न पूर्ण रूपमा...

    रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

    विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई...

    प्रतिनिधिसभा चुनावका लागि एमाले–राप्रपाको दल दर्ता सम्पन्न

    काठमाडौं, मंसिर ९ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले...