News Portal

बाबुको मुखहेर्ने अघिल्लो दिन छोराले निर्घात कुटेपछी बाबुको गयो ज्यान

हिमाली संचार संवाददाता
७८९ पटक

लहान – आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्युहुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँको कुटपिटबाट शुक्रवार गम्भीर घाइते भएका अताबुल मियाँको बिराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।बुवालाई कुटपिट गर्ने मोहम्मद कमाल फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यसैगरी जग्गाको विषयमा विवाद हुँदा सिरहा गोलबजार–३ तेतरीयामा आज आफ्नै बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको छ ।गोलबजार नगरपालिका–३ का लक्ष्मण विश्वकर्माले ३० वर्षीय छोरा सञ्जीव विश्वकर्मा र २४ वर्षीया बुहारी सन्तोषी विश्वकर्मामाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।खुकुरी प्रहारबाट गम्भीर घाइते सञ्जीवको टाउकोमा ३२ टाँका लगाएको छ भने बुहारी सन्तोषीको टाउकोमा गहिरो चोट लागेको छ । विश्वकर्मा दम्पतीको स्थानीय भुमिजा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक रामबहादुर ढकालले जानकारी दिनुभयो ।खुकुरी प्रहार गर्ने विश्वकर्मालाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...