News Portal

हिमानी कोषद्वारा बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण

हिमाली संचार संवाददाता
५०५ पटक

२०७७ साउन २, शुक्रबार
काठमाडौं – हिमानी कोषले कोरोना भाइरसविरुद्धको अभियानका लागि विभिन्न संस्थालाई पीपीईसहितका सुरक्षात्मक सामग्री तथा बाढीपहिरोबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ।

पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको कोषले बिहीबार एक कार्यक्रमको आयोजना गरी सुरक्षात्मक स्वास्थ्य सामग्री तथा राहतका सामाग्री वितरण गरेको हो।

कार्यक्रममा हिमानीले राहत सामाग्री सम्बन्धी संस्था र समुदायका प्रतितिनिधलाई हस्तान्तरण गरिन्।

कोषले छाउनीमा रहेको पञ्चकन्या स्कूलका विद्यार्थी, चितवनको चेपाङ्ग बस्ती, काठमाडौँका विभिन्न आश्रयगृहमा रहेका बालबालिकाहरुका लागि खाद्यान्नसहितका सामग्री प्रदान गरेको छ।

कोषले डिस्इन्फेक्सन स्प्रे, पीपीई, वाटर फिल्टर, झुल, जीवनजल, साबुन, बालबालिकाहरुका लागि लिटोसहितका सामग्री वितरण गरेको हो।

कार्यक्रममा हिमानीले मानसिक स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गर्दै कुनै पनि प्रकारको मनोसामाजिक समस्या देखिएमा मनोविमर्शकर्ताको सहयोग लिन नहिचकिचाउन आग्रह गरिन्।

पछिल्लो समय देशभर आत्महत्याका घटनाहरु बढेको सुनिएको भन्दै उनले मनोसामाजिक स्वास्थ्यलाई ख्याल गर्नु पर्नेमा जोड दिइन्।

राहत वितरण कार्यक्रममा पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीदेवी शाह, शीतास्मा राज्यलक्ष्मीदेवी शाह, कोषकी सदस्य सचिव रेश्मा राना, बोर्ड सदस्य डा.अपर्ना शाहको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...