News Portal

  • कर्णाली प्रदेशमा यात्रा नगरेका व्याप्तिमा पनि कोरोना पुष्टि

    हिमाली संचार संवाददाता
    ४२६ पटक
    २०७७ साउन १,बिहिबार

    काठमाण्डौ । कर्णाली प्रदेशमा यात्रा विवरण नभएका केहि व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरु पनि स्वाब संकलन थालिएको छ ।

    सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार अब नयाँ योजनाका साथ समूदायमा पनि नमूना परीक्षण गरिने बताएका छन्   

    त्यस्तै, कर्णाली प्रदेसमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका दुइवटा सहित जुम्ला, दैलेख र चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण  पुष्टि भएको हो ।

    कोरोना संक्रमित हुनेमा सुर्खेतका १ जना, जाजरकोटका २ जना, सल्यानका २, मुगुका १, दैलेखका ५ र रुकुम पश्चिमका १ जना रहेका छन् । यो संगै कर्णालीमा संक्रमितको संख्या एक हजार ७ सय २६ पुगेको छ । 

    कर्णालीमा आज कोरोना संक्रमणबाट निको भई १३ घर फर्किएका छन् । डा. तिवारीको  योसंगै प्रदेशमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या १४ सय ८८ पुगेको जानकारी दिएका छन् ।

    हाल कर्णालीमा २ सय ३२ जना संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । संक्रमित मध्य ६ जनाको मृत्यु भइसकेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...