आज : २०२६-०६-२८, आइतबार

निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा रोक्यो

काठमाण्डौ । निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोकेका छन्। नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोकेका हुन् ।

अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने उल्लेख गरेका छन्। असार १ गतेदेखि उनीहरूले वैकल्पिक विधिबाट पठनपाठन शुरु गरेका थिए। आर्थिक समस्याका कारणले शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन नसकेको उलेलेख गर्दै, शिक्षा मन्त्रालयले असार २१ गते गरेको सहमतिअनुसार ठोस निकास दिन नसकेको पनि उनीहरूको भनाइ छ ।

‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउन १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरु स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं।’ विज्ञप्तिमा भनेका छन् ।