News Portal

आजबाट उपत्यकामा साझा बस चल्ने, यस्ता छन् रुटहरु

हिमाली संचार संवाददाता
५३८ पटक
२०७७ साउन १,बिहिबार

काठमाण्डौ । साझा यातायातले आज साउन १ देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ । साझाले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर बस सञ्चालन गर्न लागेको हो। 

शुरुमा साझाका २६ वटा बसले सेवा दिने जनाइएको छ । साझाले हरेक बिहान सञ्चालन हुने प्रत्येक बसलाई सेनिटाइज गर्ने र यात्रुलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ ।

साझा बसहरु सञ्चालन हुने रुटहरुमा लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क । लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ । गोदाबरी, लगनखेल हुँदै रत्नपार्क । लामाटार, लगनखेल हुँदै रत्नपार्क । लगनखेल, सातदोबाटो, कलङ्की हुँदै थानकोट । लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क । रत्नपार्क, कलङ्की, स्वयम्भू हुँदै बालाजु । र, रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक रहेको साझाले जनाएको छ ।

साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका हुन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु पहिले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी नभएकाले ट्याक्सी र केही बस बाहेक अधिकांश सवारीसाधन सञ्चालन नभएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...