News Portal

आजबाट उपत्यकामा साझा बस चल्ने, यस्ता छन् रुटहरु

हिमाली संचार संवाददाता
४९६ पटक
२०७७ साउन १,बिहिबार

काठमाण्डौ । साझा यातायातले आज साउन १ देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ । साझाले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर बस सञ्चालन गर्न लागेको हो। 

शुरुमा साझाका २६ वटा बसले सेवा दिने जनाइएको छ । साझाले हरेक बिहान सञ्चालन हुने प्रत्येक बसलाई सेनिटाइज गर्ने र यात्रुलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ ।

साझा बसहरु सञ्चालन हुने रुटहरुमा लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क । लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ । गोदाबरी, लगनखेल हुँदै रत्नपार्क । लामाटार, लगनखेल हुँदै रत्नपार्क । लगनखेल, सातदोबाटो, कलङ्की हुँदै थानकोट । लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क । रत्नपार्क, कलङ्की, स्वयम्भू हुँदै बालाजु । र, रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक रहेको साझाले जनाएको छ ।

साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका हुन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु पहिले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी नभएकाले ट्याक्सी र केही बस बाहेक अधिकांश सवारीसाधन सञ्चालन नभएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...