News Portal

खोटाङका जलश्रोत तथा सिंचाई डिभिजन प्रमुख घुस रकमसहित रंगेहात पक्राउ

हिमाली संचार संवाददाता
५५९ पटक
२०७७ असार ३१, बुधवार

भिम राई, दिक्तेल – खोटाङ दिक्तेल जिल्लाका जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख नारायण काजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको छ।

जिल्लामा सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको अवस्थामा खोटाङका जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख श्रेष्ठलाई मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले पक्राउ गरेको केन्द्रीय कार्यालय टंगालका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए।

प्रवक्ता कोइरालाका अनुसार श्रोत नखुलेका ९९ हजार ५ सय रुपैया अख्तियारले जफत समेत गरेको जानकारी दिए। अहिले सिचाई कार्यालय सिल गरिएको छ। 

जलश्रोत तथा सिंचाई डिभिजन कार्यालका प्रमुख श्रेष्ठले सिचाई योजनाका रकम प्रदेशबाट निकासा हुन विलम्ब भइरहेको अबस्थामा हरेक सेवाग्राहीसंग “छिटो निकासाका लागि रकम दिनु पर्ने”  भनेर हरेक पटक बार्गेनिङ गरिरहेका गुनासो छ। 

खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडलका अनुसार खोटाङका जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख नारायण काजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसंधानका टोलीले पक्राउ गरेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...